श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेर फरार |

0
897

असोज ११ काठमाण्डौ | पोखरामा फेरि अर्को हत्याको घटना घटेको छ। पोखरा ३२ रहेको सुकुम्बासी बस्तीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन्। बुधबार साँझ ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको हत्या गरेका हुन्। हत्या गरेपछि बोरामा पोको पारेर फालेको अबस्थामा श्रीमायाँको शव स्थानीयले भेटेका हुन्। ‘श्रीमान् नै मारेको भनेर जानकारी आएको छ,

’ जिल्ला प्रहरी कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले भने ‘घटना स्थलमा प्रहरी पुगिसकेको छ। त्यहाँ मृतकको श्रीमान् भेटिएन फरार छ।’ प्रहरी स्रोतका अनुसार स्थानीयलाई गुरुङले मैले बुढी मारेँ भन्दै घरबाट निस्किएकाे जनाएकाे छ। thahakhabar.com .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here