श्वेता र दयाको जोडीको चर्चै चर्चा !

0
1250

माघ १७ बुधबार काठमाण्डौ !
फागुन ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र (कान्छी)मा समाबेश भएको (चरी चट्ट परि) गीत अहिले अत्यधिक चर्चामा रही करोड क्लबमा प्रवेश गरिसकेको छ ! र श्वेता र दयाको जोडीलाई पनि दर्शकले अत्यधिक रुचाएका छन् ! तिन महिना अघि युट्युबमा अपलोड गरिएको यो गीत चलचित्र रिलिज अगावै एक करोड बढी दर्शकले हेरिसकेका छन् ! गीतमा राजनराज सिवाकोटीको स्वर, शब्द, संगीत, रहेको छ ! सिवाकोटीलाई गायकीमा अन्जु पन्तले साथ् दिएकी छन् ! वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ! भिडियोमा कान्छी अर्थात नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here