सँधै लौका’को जुश खानुहोस स्वस्थ्य रहनुस, यिनी रोग बाट छुट्कारा पाउनुहोस् |

0
1051

पुष ३ काठमाण्डौ | धेरैको बिहान उठ्नेवित्तिकै चिया वा कफी खाने बानी हुन्छ। तर स्वस्थ शरीरका लागि बिहान उठ्नेवित्तिकै खाली पेटमा चिया वा कफी खानु त्यति राम्रो मानिँदैन। यस्ता केही खानेकुरा छन्, जसलाई हामीले हरेक दिन बिहान सेवन गर्न सके हाम्रो शरीर स्वस्थ हुन सक्छ। दैनिक उठ्नेवित्तिकै लौकाको जुस खाने गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा हुने गर्छ। एलर्जीको समस्या हुनेका लागि राम्रो एलर्जीको समस्या हुनेहरूका लागि नियमित रूपमा लौकाको जुस खानु राम्रो हुन्छ। लौकाको जुसमा प्रशस्त मात्रामा प्राकृतिक ग्लुकोज हुने हुनाले शरीरलाई शक्ति प्रदान गर्छ। यस्तै, लौकामा धेरै कार्बोहाइड्रेड हुने भएकाले नियमित लौकाको जुस खानु फाइदाजनक मानिन्छ।

पिसाबको संक्रमणबाट बच्न पिसाबको संक्रमण हुनेहरूका लागि नियमित रूपमा लौकाको जुस खानु राम्रो मानिन्छ। युरिनमा एसिडको मात्रा धेरै हुनाले पिसाब पोल्ने गर्छ तर लौकामा एसिड कम गराउने खनिज तत्त्व हुने भएकाले पिसाब पोल्ने तथा पिसाब फेर्न गाह्रो हुने समस्या भएकाहरूका लागि लौकाको जुस राम्रो मानिन्छ। source thahakhabar.com|पानीको मात्रा कम हुन दिँदैन लौकामा ९८ प्रतिशत पानीको मात्रा हुने भएकाले नियमित लौकाको जुस खाने गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन। यस्तै, नियमित लौकाको जुस खाने गर्नाले शरीरमा हुने विभिन्न खालका गन्धहरूलाई कम गर्ने गर्छ।

लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र भित्री शरीरको फोहोर सफा हुन्छ। तौल कम गर्न सहयोग गर्छ मोटोपनको समस्या हुनेहरूका लागि नियमित लौकाको जुस खानु राम्रो मानिन्छ। लौकामा प्रशस्त मात्रामा पानी र पाइबर हुने भएकाले यसको जुस सेवन गर्नाले भोक कम लाग्ने भएकाले खानेकुरा कम खाइने भएकाले शरीरमा तौल बढ्न दिँदैन। लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन, जसमा हुने फाइबरले भोकलाई कम गर्छ, जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ।

कब्जियतको समस्या भएकालाई राम्रो यदि तपाईंलाई कब्जियतको समस्या छ भने नियमित रूपमा लौकाको जुस खानु राम्रो मानिन्छ। लौकामा प्रशस्त मात्रामा फाइबर हुने भएकाले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउने गर्छ।एजेन्सी .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here