संगितकार ओम प्रकाश राईले खोले रेकड़िंग स्टुडियो

0
1355

काठ्माण्डौ। संगितकार ओम प्रकाश राई करीब २५ वर्ष देखी निरन्तर सांगीतिक क्षेत्रमा सग्घर्शरत हुनुहुन्छ । संगितकार ओम प्रकाश राई २०४८ सालमा धरानमा श्रीसर्गम संगीत बिधालय खोलेर सांगीतिक पाहीला चालेका थिए । त्यसैगरि राईले ७ वटा आफ्नै एल्बममा पनि शब्द तथा संगित दिएका छन् । उहाका उद्पादन (चेला)हरु दिपक लिम्बू ,प्रस्ना शाक्य ,झुमा वनेम भिम सम्सोहाङ्ग लिला राई र कुशल लिम्बू रहेका छन।

संगितकार ओम प्रकाश राई अहिले फिल्म र एल्बमहरुमा संगित भर्नमा बेस्त रहेका छन् ।
लामो समय देखि सघर्शरत उहाको सङ्गीत बिभिन्न राष्ट्रिय स्तरको कलाकारहरुले समेत गाईसकेको छन्।
उहाँ मिति २०६३ मा काठ्मान्डौ आउनु भो र २०६४ मा पनि काठमाण्डौमा सङ्गीत बिद्यालय खोल्नु भएको थियो।
लामो अनुभव पछि भने अहिले सङ्गीत रेकर्डिङ्ग कम्पनी ओसियन म्युजिक प्रा.लि. खोलेर ब्यवसायमा लाग्नु भएको छ।
नयाँ बानेश्वर को बुद्धनगर सेतो गणेश मन्दिर निर रहेको ओसियन म्युजिक प्रा.लि. को उद्घाटन कार्यक्रममा उहाँ आफैले केक काटी कार्यक्रमलाई सफल बनाउनु भएको थियो।

सांगीतिक क्षेत्र राम्रो भएकाले होला राई आफैले रेकड़िंग स्टुडियो खोलेका हुन्। उक्त कार्यक्रममा फिल्म क्षेत्रका निर्देशक ,निर्माता गायक गायिकाहरुले र नेपालको पहिलो नेपाल आइडले ओसियन म्युजिकलाई बधाई दिएका थिए । उहाले विभिन्न आइडल हरु पुर्वान्चल आइडल र नेपालको पहिलो नेपाल आइडल-२०७० तथा साङ्गितीक कार्यक्रम पनि थुप्रै गर्नुभएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here