संगीतकार चन्द्रराजको शर्माको निधन !

0
1692

पुष ६ बिहिबार काठमाण्डौ !
संगीतकार चन्द्रराज शर्माको बिहिबार बिहान निधन भएको छ ! पहिलो रंगीन नेपाली चलचित्र( कुमारी)का संगीतकार शर्मा उक्त रक्तचाप र मधुमेहका बिरामि थिए ! उनको पार्थिव सरिर्लाई श्रद्धान्जलीका लागि बिहिबार बिहान ११ बजे देखि १ बजे सम्म पशुपति आर्यघाटमा राखिने परिवारका सदस्यले जानकारी दिएका छन् ! शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धर संग संयुक्त संगीत दिएका थिए ! चलचित्र कुमारीको मनमा माया तनमा माया, बोलको गीत निकै चर्चित छ ! यसैगरी लक्ष्मन लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको( म मरेपनि मलाइ मेरो देशको माया छ) ,सुदेस राज शर्माले गाएको ,हामि नदीका दुई किनारा हाम्रो संगम आशाम्भाव छ, बोलको कालजयी गीतका संगीतकार पनि चन्द्रराज शर्मानै हुन् ! श्री स्वस्थानी , महाकबि देवकोटामा पनि संगीत निर्देशन गरेका छन् उनले ,स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानमा महाप्रबन्धक हुँदा शर्माले त्यहाँ प्रदर्शित नाटक ,नाम नभएको मान्छे ,र क्रशमा टांगिएको जिन्दगिमा संगीत दिएका थिए ! समिक्षक एबम प्रकाश सायमीका अनुसार महकबी लक्ष्मी प्रसाद देवकोटा गीति नाटक मुना मदनमा पनि उनले संगीत दिएका थिए ! उनको संगीतमा मनिकरत्न ,तारादेवी ,तोरणमुनि बज्राचार्य ,सुदेशराज शर्मा ,आदिले गाएका छन् ! पछिल्लो पटक महाकबि देवकोटाको गीति नाटक कुन्जिनिमा पनि संगीत दिएका थिए ! सुनौला घाम झुल्केन,आँखाहरुले रुन नखोजे , कुमारी, चापलाअबला एक सुरमा ,(भानुभक्त) मेरो माल मलाई फ़र्काईदे बाबु (,जीवनज्योति) ,ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन ), तिम्रो आकाशमा जुन ( मणिकरत्न) मोतिका दाना सुदेश शर्मा र संगीता प्रधान राना लगायत उनका चर्चित गीत हुन् ! बरिष्ट संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा एक श्रीमती छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here