संगीतकार दीपक शर्माको संगीत रहेको लोकप्रिय गीतको भिडियो ‘पिरिम नलाउने’ करोड क्लबमा प्रवेश |

0
517

मङ्सिर १६ काठमाण्डौ | दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले युट्युवमा ५१ दिनको अवधिमा १ करोड पटक दर्शकको भ्युज पाएको हो। पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशीष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन्।

काठमाडौँमा एक कार्यक्रमबीच मनाइएको विशेष उत्सवमा पिरिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो।
गीतमा नायिका वर्षा राउत र गायक आशीषको अभिनय रहेको छ। यस गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन्।

शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उक्त टिमले पिरिम नलाउने २ को पनि घोषणा गरेका छन्।

हेराैँ गीतको भिडियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here