संगीतकार संघ द्वारा मेची महाकाली सांगीतिक अभियानको प्रेस मिट सम्पन्न ।

0
908

बैशाख ४ काठमाण्डौ । बागबजार स्थित हेल्लो क्याफेमा संगीतकार संघको आयोजना हुन लागेको राष्ट्रिय एकटता र सद्भावको लागी मेची महाकाली सांगीतिक अभियानको प्रेस मिट सम्पन्न भएको छ । उक्त प्रेसमिट कार्यक्रममा विभिन्न संगीतकर्मी र मिडिया कर्मी बीच सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा बोल्दै संगीतकार महा संघका सचिब महेश खड्काले बास्तबमा हामि नेपाली कलाकार कलाकर्मी मगन्ते भयौ सांचै हामि गरीब भएका हौँ । हामि यस्तो अवस्थाबाट गुज्रिनु परेको अवस्थामाछौ हामि, हाम्रा संगीत कर्मी कलाकार मर्दा पर्दा दाह संस्कार गर्ने पैसा पनि हामी संग नभएको अवस्था छ । कयौं वर्ष सांगीतिक क्षेत्रमा बिताएपनि हामी संग रोजी रोटीको लागिनै हामि संघर्ष गरिरहनु परेको छ !सांचै हाम्रो नेपाली संगीत क्षेत्र गरिब भएरै हो? संगीतकार संघले चालेको यो कदम सहि छ । हाम्रो अभियान भनेको नेपाली गीत संगीत बजारलाई संसार भरी चिनाउने अभियान हो र अहिले धेरै बर्षको शंघर्ष पछि सरकारले हाम्रो मागलाइ मध्ये नजर गर्दै नेपाली गीत संगीत यातायातमा बजे बापत बर्षमा २० करोड आउने पक्का पाकी भएको छ ! यदि त्यो पैसा आयो भने नेपाली गीत संगीत कर्मी र नेपालि कला कर्मीलाई सहज तरिकाले बाँच्ने आधार हुन्थ्यो ! र विभिन्न पत्रकार संग अनुरोध गर्दै नेपाली गीत संगीतका अधिकारलाई लेखिएन र हाम्रा अधिकार मागेनौ भने संधै पछाडी परिन्छ ! र यस सांगीतिक अभियानमा श्रष्ठा प्रेम ध्वज प्रधानलाई एक लाख एक हजार एक सय एघारका साथ् सम्मान गरिने छ । साथै गायक दिप श्रेष्ठ दिपक खरेल र अन्य श्रष्टालाई पनि सम्मान गरीने छ ।साथै यस सांगीतिक अभियानमा २५० जना कलाकारले प्रस्तुति दिने समेत जानकारी गराउंदै उनले भने, हामि कन्फिडेन्ट छौँ । हाम्लाई विभिन्न संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् र बिभिन्न शहर गाउँगाउँ बाट पनि तपाइहरु आउनुस हामि तपाइको अभियानलाई हातेमालो गरी सहयोग गर्छौं भन्नु भाको छ। साथै राज्यले पनि हामिलाई आशा देखाएको छ । यस अभियानमा सहयोग को मुख्य भूमिका खेल्ने सिटिजन बैंकका सी ई ओ राजन भण्डारीले बोल्दै यो संगीतकार संघले आयोजना गरेको मेची महाकाली सांगीतिक अभियान जायज पूर्ण छ। यो अभियानमा हाम्रो सिटिजन बैंकले जे जति सहयोग गर्न सक्छ त्यो गर्ने छ । हाम्रो माध्यमबाट र हाम्रो सहयोग बाट कसैले कमाउन सक्छ भने हामि त्यो सहयोग गर्दछु , हामीले संगीतकार संघको यो अभियानलाई मात्र होइन कसैले राम्रो अभियान बाट अरुलाई लगायत् आफुलाई हित हुने काम गर्दछ भने, त्यस्तो अभियानलाई हामि पूर्ण रुपमा समर्थन गर्दछौ ।भन्दै अर्को सहयोगी संस्था राष्ट्रको संचार नेपाल टेलिकमका प्रतिनिधिले पनि संगीतकार संघको यो अभियानलाई सहयोग गर्ने शंकल्प गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here