संगीतकार सुधिर अधिकारी’को संगीत’मा ‘भावातीत अनुभूति ‘ भजन सङ्ग्रह सार्वजनिक

0
488

काठमाडाैंः कोजाग्रत पूर्णिमाको अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ‘भावातीत अनुभूति’ नामक भजन सङ्ग्रहको लोकार्पण गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाको प्रभावका कारण जुम प्रविधिका माध्यमबाट भर्च्युअल कार्यक्रम गरी कार्तिक १५ गते उक्त भजनसंग्रहको लोकार्पण गरिएको हो ।

संस्थाका अध्यक्ष कल्पना सेवानी घिमिरेको अध्यक्षता र नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बासकोटाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लोकसेवा आयोगका सचिव शंकर खरेलको उपस्थिति थियो ।

कार्यक्रममा एनआइसी एसिया बैँकका उपप्रमुख सुधीरनाथ पाण्डे, नेपाल महर्षि वैदिक फाउन्डेसनका चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, शान्ति महिला समूहका अध्यक्ष कृष्णा खरेल, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी तथा गायिका बुनु श्रेष्ठ, वरिष्ठ संगीत संयोजक देवेन्द्र नेवा, वरिष्ठ ध्यान तथा सिद्धिशिक्षक गोपालकुमार मैनाली कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक भूमीश्वर पौडेललगायत नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनका पदाधिकारीहरू, ध्यान तथा सिद्धिशिक्षकहरू, ध्यानीहरू तथा भक्ति संगीतका अनुरागीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन श्यामकृष्ण सुवेदीले गरेका थिए । भावातीत अनुभूति’ नामक भजन सङ्ग्रह’मा ११ वटा भजन समाबेश गिएको छ ।


११ वटा भजन मध्ये ५ वटा भजनमा गायक संगीतकार सुधिर अधिकारी’को संगीत रहेको छ भने अन्य गीतहरुमा अन्य चर्चित संगीतकारहरुको संगीत रहेको छ । उक्त भजन संग्रहमा चर्चित गायक शिव परीयार’ सजल न्यौपाने ‘मेचु धिमाल’लाबोनी चक्रबोर्ती’करण राज कार्की’ बिनु श्रेष्ठ’ प्रेक्ष्या लम्साल’ रामकुमार रिमाल’ श्रेया नेपाल’ रिता केसी’को आवाज रहेको छ भने’ बाल आवाजमा अनुश्री अधिकारी’आरोह पौडेल’ स्वागत सुबेदी’ अभि श्री अधिकारी’ को आवाज रहेको छ। उक्त भजन संग्रहमा समावेश गरीएका गीतहरु यस प्रकार रहेका छन्।

  1. Jagatjanani Ambe Bhavani
    Vocal: Shiva Pariyar
    Lyrics: Kalpana Sewani Ghimire
    Compose: Ramkumar Rimal
  2. Hey Aama, Hey Aama
    Vocal: Sajal Neupane
    Lyrics: Minraj Adhikari
    Compose: Sudhir Adhikari
  3. Guru Charana Ma
    Vocal: Mechu Dhimal
    Lyrics: Sudhir Adhikari
    Compose: Sudhir Adhikari
  4. Kasari Ma Darshan Paun Hari ko
    Vocal: Mechu Dhimal
    Lyrics: Kalpana Adhikari
    Compose: Sudhir Adhikari
  5. Katai Chot Lagyo Bhane
    Vocal: Laboni Chakrawarti Prasai
    Lyrics: Shivraj Lamichhane
    Compose: Karanraj Karki
  6. Mana Shanta Saagara Hos
    Vocal: Karanraj Karki
    Lyrics: Sudhir Adhikari
    Compose: Sudhir Adhikari
  7. Ma Timrai Sharana Ma Parchhu
    Vocal: Bunu Shrestha
    Lyrics: Shivraj Lamichhane
    Compose: Ramkumar Rimal
  8. Antaryami Bhagavan
    Vocal: Prekshya Lamsal
    Lirics: Kalpana Sewani Ghimire
    Compose: Sudhir Adhikari
  9. Radhe Shyam
    Vocal: Ramkumar Rimal/Shreya Nepal
    Lirics: Shila Panta
    Compose: Ramkumar Rimal
  10. Kasari Ma Darshan Paun Hari ko
    Vocal: Ramkumar Rimal
    Lirics: Kalpana Adhikari
    Compose: Sudhir Adhikari
  11. Mana Shanta Saagara Hos
    Vocal: Rita K. C.
    Lirics: Sudhir Adhikari
    Compose: Sudhir Adhikari

Children Vocal: Anushree Adhikari, Aaroha Paudel, Swagata Suvedi, Abhishree Adhikari ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here