संगीत रोयल्टीको बिषयले सार्वजनिक यातायात तरंगीत ।

0
1270

चैत २६ काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा अनिवार्य लागु गरिएको संगीत रोयल्टीको बिषयले यातायात क्षेत्र तरङित भएको छ । यसप्रती कृया-प्रतिकृयाहरु आईरहेका छन्, यो स्वभाभिक पनि हो। हिजोसम्म बिनाकुनै अवरोध प्रयोग गर्दै आईरहेको गीत-सङीतको अब एकाबिहानै आएर शुल्क तिर्नुपर्दा यातायात ब्यवसायीलाई अन्यथा लाग्नु ठिकै हो । तर यहाँ, बिभिन्न समयमा संगीत रोयल्टी सन्कलन गर्ने संस्थाहरुले प्रतिलिपी अधिकार रजिस्ट्रार कार्यालयसँगको सहकार्यमा यातायात ब्यवसायी महासंघका जिम्मेवार प्रतिनिधिहरुका लागि आयोजना गरेका चेतनामुलक कार्यक्रम तथा बैठकहरु स्मरण गर्नु पर्दछ । वहाँहरुलाई यो प्रस्टसँग थाहा थियो र वहाँहरुकै पटक पटकको आग्रहमा रोयल्टीको मापदण्डमा हामी लचिलो भएका हौ ।
लामो दुरी चल्ने 6 पाङ्रे साधनले वार्षिक रु २००० रोयल्टी तिर्नु पर्दछ ।
सरल गरेर हेर्दा लामो दूरीमा चल्ने १ पटकमा ३० यात्रु बोक्ने बसले तिर्नुपर्ने संगीत रोयल्टीलाई एसरी बुझ्न सकिन्छ ।
मानौ ३६५ दिन मा बस १५० दिन चल्दछ ।
उक्त बसले १५०ं*३०=४५०० यात्रु बोक्दछ ।
उस्ले तिर्ने २००० लाई ४५०० यात्रुलाई भाग लगाउदा एक यात्रुको टाउकोमा करिब ४५ पैसा हुन आउछ ।
हामीले १२-१४ घण्टा एउटा बसमा यात्रा गर्दा सुनेर-हेरेर मनोरन्जन लिएको वापत ४५ पैसा ती गीत-सङीतका सर्जक, संगीतकार, गायक-गायीका तथा उत्पादकले जम्मा ४५ पैसा आफ्नो हक माग्नु तेत्रो अपराध हुन्छ र ? त्यस्मा उनिहरुको पनि त श्रीजना, मेहेनत, परीश्रम र लगानी हुन्छ नि होइन र ??
हामी सर्वसाधारणले यो कुरा बुझ्ने हो भने यो नियम सजिलो लागु हुन्छ र कलाकारहरुले नेपालमै गरिखान सक्ने दिन पनि आउछ । बरु तपाईं-हामी सबैले सन्कलित रकम उचित ब्यक्तीको हातमा पुग्नेगरी सम्बन्धित सबैलाई खबर्दारी गर्नुपर्दछ ।स्रोत psn Anamnagar।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here