संघर्षशिल व्यक्तिका लागी प्रेरणाकि स्रोत बन्न सफल बिष्णु शर्मा |

0
959

काठमाण्डौ २६ कार्तिक | नवलपरासी < हुन त समाज जती शिक्षित भए पनि अहिले सम्म पनि महिलालाई दोश्रो दर्जामै राख्ने चलन बिधिवत नै छ तर महिलाले केही राम्रो काम गरे पछी उनकै गुणगान गौंउदै सम्मन पनि गर्छन् । जीवनमा जो कोहीलाई दु:ख आई नै पर्छ र सहनशिल ब्यक्तीले ति दु:खको सामना गर्दै अनेकौ बाधा ब्यबधान भएपनी आफुलाई सम्हाल्न सक्छ ए एउटा राम्रो सपनालाई साकार गर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हुन समाजसेवी तथा व्यवसायी बिष्णु शर्मा । यस्तै कथा बोकेकी र जीवनको सबै उतारचढाव बबजुन पनि समाजमा एउटा ज्वलन्त उदाहारण बन्न सफल भएकी नारिको कथा, उनकै भनाइमा उनकै जीवनको संघर्षशिल र प्रेरणादायी सफलताको कथा: (“मेरो सपना पुरा हून धेरै समय लागेन” “सानो किसानको परिवारमा हुर्केकी म खानलगाउन पनि गार्हो हुन्थ्यो ।” “हामी दिदिबिहिनी जंगल जाने घाँसदाउरा काट्ने, बेच्ने गर्थेम छोरी जन्मेको १ बर्षमा दाईको मृत्यु भयो,भाउजु दिमागको बिरामी हुनुहुन्थ्यो ।” “श्रीमान भारतमा काम गर्नुहुन्थयो । घर चलाउन मैले एकलैले नसक्ने हुनाले श्रीमानले जागिर छोड़ेर घर बस्न थाल्नुभयो मैले जिवनमा धेरै उतारचढाव भोगे तर हार मानिन् । यतिका बाबजुत पनि दु:ख एउटै कुराको थियो, म मेरो प्राण भन्दा प्यारा छोरीहरुसंग टाढा थिए । “ ) म बिष्णु शर्मा, मेरो जन्म २०३८ साल बैशाख १४ गतेको दिन पर्वत जिल्लाको बेवलिबासमा भएको हो । आमा दिलकुमारी र बुवा चन्र्दकान्ता भुषालको साइली छोरी हु । मेरो ४ वटा दिदिबहिनी र २ दाजुभाई हुनुहुन्छ । म ५ बर्षको हुँदा हामी बसाइसराई गरी त्रिवेणी आएम् । सानो किसानको परिवारमा हुर्केकी म खानलगाउन पनि गार्हो हुन्थ्यो । हामी दिदिबिहिनी जंगल जाने घाँसदाउरा काट्ने, बेच्ने गर्थेम । आमाले सानो नास्ता पसल गर्नुहुन्थयो अनि बाबा किसानी गर्नु हुन्थयो । गरिब परिवारमा हुर्केकी म धेरै पढ्न पनि सकिन, ५ सम्म बल्लतल्ल पढे। ५ जना छोरी भएकोले मेरो बिहे चाँडै भयो । म १४ बर्षको हुँदा मेरो बिहे नर्सहिको धर्व शर्मासगं भयो। श्रीमानको घरमा एक दाजु, भाउजु अनि उहाँको 2 छोरी हुनुन्थयो । श्रीमान भारतमा काम गर्नुहुन्थयो अनि दाई खेतिपाती गर्नुहुन्थयो र घरखर्च चलाउनु हुन्थ्यो । परिवार राम्ररी चलेको थियो । बिहे गरेको २ बर्षमा मैले छोरीलाई जन्म दिए । छोरी जन्मेको १ बर्षमा दाईको मृत्यु भयो । दाईको मृत्युपछि गर्भवति भाउजु र २ छोरीको जिम्मेवारी पनि म र मेरो श्रीमानमाथि आयो । घर चलाउन मैले एकलै नसक्ने हुनाले श्रीमानले जागिर छोड़ेर घर बस्न थाल्नुभयो। बिस्तारै घर खर्च चलाउन नि गार्हो हुनलाग्यो । भाउजु दिमागको बिरामी भएको हुनाले नि अझ जिम्मेवारी बढ्न थाल्यो। “मैले अब मेरो परिवार आफै हेर्ने हो अनि मेरो छोरीहरुको भबिष्य मैले नै बनाउने हो र म बनाउछु भनेर” घरमा नै सानो नास्ता पसल गर्ने निर्णय गरे । बिस्तारै म आफ्नो घरखर्च पनि चलाउन सक्ने भए । तर यतिले मात्र कँहा पुग्थयो र रार्मो स्कुलमा धेरै पढाएर ठुलो मान्छे बनाउन थियो मेरो छोरीहरुलाई, सोचेजस्तो जिन्दगी दिने सपना लिएकी म अब, मैले पसललाई रार्मो तरिकाले अझ चल्ने ठाँउमा गर्ने सोचे अनि रानिनगरमा भाड़ामा एउटा सानो पसल लिए र श्रीमानलाई बिदेश पठाए । मैले एकलै घर र पसल चलाउन सक्दैन थिए, त्यसैले मैले मेरो २ छोराछोरी अनि भाउजुको २ गरेर ४ वटै छोरीलाई छुट्टाछुट्टै दिदिबहिनी तथा माईतमा राखेर पढाउन थाले । केही महिनामा म संग मेरो सानो छोरा र बिरामी भाउजु हुनुभयो । अनी उहारुलाई जसो तसो गरेर सन्चो बनाए । करिब २ बर्ष जति रानीनगरमा पसल गरेसी अब मैले आफ्नै लगानीमा बैराजपुल (नेपाल भारत सिमा)मा 5000 मा जग्गा गरेर राखेको पैसाले सानो झुपडी लिए । एक्लो महिला भएकोले मलाई धेरैले धेरै थरि भने, कति अपशब्दहरु पनि पर्योग गरे, कतिले नाराम्रो नजरले नि हेरे तर म सहि थिए र मेरो सोच अटल थियो । मैले मेरो परिवारको आवश्यकता पुरा गर्न सक्ने भईसकेको थिए , कुनै कुराको कमी गरेको थिइन, त्यसैले मलाई कसैको कुनै पनि कुराले फरक परेन । करिब 5 बर्स सम्म बैराजपुलमा पसल गरिसकेपछि मेलै अब नास्ता पसल मात्र नभई होटेल (लज) गर्ने सोचे अनि त्रिवेणी बजारमा ४,५ वटा कोठाको सानो होटल भाडामा लिए । सायद यो मेरो जिन्दगीकै सबैभन्दा ठुलो र राम्रो निर्णय थियो । सुरुसुरूमा मलाई त्रिवेणीमा नि एकदम गार्हो भयो किनकी नयाँ समाज थियो र साथ दिने मान्छे एकदम थोरै, तर बिस्तारै म सबैको मनमा बस्दै गए सबको साथ पाउदै गए । भगवानको साथ थियो सायद, पसल सोचेको भन्दा राम्रो चल्थ्यो । समाजमा नि ईज्जत र नाम सम्मान बढ्दै जान थाल्यो। यतिका बाबजुत पनि दु:ख एउटै कुराको थियो, म मेरो प्राण भन्दा प्यारा छोरीहरुसंग टाढा थिए । परिवार अधुरो थियो, छोरीहरु जहिले भन्थे “हाम्लाई हजुरसंग बस्न मन लाग्छ, मलाई नि मन लाग्थ्यो माया गरु, हेरचाह गरु, आफ्नो परिवारको संगै राखु सबैलाई तर म बिवश थिए । तर मेरो सपना पुरा हून धेरै समय लागेन । त्रिवेणीमा पसल गरेको 5 बर्षमै मैले आफ्नै लगानिमा ठुलो होटेल (ग्रीनल्यान्ड) खोले अनि त्रिवेणीकै नं १ होटेल बनाउन सफल भए । अहिले म संगै मेरो परिवार छ, भाउजुको २ वटा छोरीहरुको बिहे गर्दिए, भाउजुलाई राम्रो अस्पतालमा उपचार गराउदै छु, छोरीहरु शहरमा बसेर आफुले रोजेको बिषय पढ्दैछन्, छोरा नि 10 कक्षामा पढ्दै छ ,श्रीमान नि संगै हुनुहुन्छ । यसरी मैले जिवनमा धेरै उतारचढाव भोगे तर हार मानिन । मैले धेरै चुनौतिहरुको सामना गरे समाजको धेरै नराम्रो बचनहरु नि सुने तर म रोकिन, एउटा कुरा राम्ररी सिके, जिन्दगीबाट यदि तपाई सहि हुनुहुन्छ भने कसैको नराम्रो कुरा नसुन्नुहोस् । एकदिन हजुरको सोच र सपना अवश्य पुरा हुनेछ । म आफै तल्लो स्तरको गरिबी भोगेर यहाँसम्म जीवनका अनेक उतारचढाव भोग्दै आएको हुनाले मलाई गरिब दिनदुःखिको एकदम माया लाग्छ र म सक्दो सहयोग पनि गर्छु । मेरो ठाउंमा हुने हरेक सानोतिनो कार्यकर्ममा सहभागी हुन्छु । गाउँमा भएको गरिब बच्चाहरुलाई पढाउने तथा सक्दो आर्थिक सहयोग नि गर्छु । मेरो पसलमा काम गर्ने सम्पुर्णको पढाई खर्च र परिवारलाई दुख बिरामी पर्दा म हेर्ने गर्छु । आज म जँहा छु त्याहा आफ्नो सोच मेहनत र श्रीमानको साथको कारण छु । कुनै बेला मसंग २ छाक खानको लागी खाना हुन्थेन तर आज म खुशी र सुखको जिवन बिताईरहेछु । आज म बिष्णु शर्मा भन्दा यो ठाँउमा मलाई नचिन्ने सायदै कोही होलान । हरेक कार्यकर्ममा मलाई मानसम्मान र माया गर्नुहुन्छ र म पनि आफुले सक्दो सहयोग गर्छु र सधै गर्नेछु किनकी म अरुको दुख बुझ्न सक्छु । यो हो मेरो संघर्ष र सफलताको कथा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here