सत्रु गते,को रुपई मोहनी बोलको गीतमा दिपादेखी आँचलको छमछमी !

0
1255

पुष २ सोमबार काठमाण्डौ !
काठमाण्डौको चिसोको प्रवाह नगरी चलचित्र सत्रु गते का कलाकारले एक गीतको भिडियो को छायांकन सकेका छन् ! रुपई मोहनी नारन रुपी मोहनी ,बोलको गीतमा चलचित्रका सबै जसो कलाकारलाई फ़िचरिङ गरिएको छ ! काठमाण्डौको चाबहिलमा रहेको समता अस्पताललाई झिलिमिली बनाएर गीतको छायांकन गरियो ! टंक बुढाथोकीले तयार परेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ! यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिबम्श आचार्य ,दिपकराज गिरि ,दिपाश्री निरौला ,पल शाह ,आंचल शर्मा ,प्रियंका कार्की ,बसुन्धरा भुसाल ,लगायतका कलाकारलाई फ़िचरिङ गरिएको छ ! नायिका आंचल शर्माले ,जाडो भएपनि टेक दिने समयमा गीतकै भावमा ब्नागीने बताईन, नायक पल शाहले पनि चलचित्रमा सिनियर कलाकार भएकाले काम गर्दा सहज भएको बताए ! चैत्र ९ गतेबाट रिलिज हुने चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ! कलाकार दिपकराज गिरीले चलचित्र संगै यो गीत पनि निक्कै राम्रो बनेको दाबि गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here