सन्दिपले आइपिएलका ११ खेल बेञ्चमा विताए । तर, जब दिल्ली प्ले अफमा पुग्ने सम्भावना टर्यो, सन्दिपको भाग्य खुल्यो । दिल्लीको बाँकी तीन वटै खेलमा सन्दिपले खेल्ने मौका पाए । आफूले पाएको मौकामा खरो उत्रिएका उनले प्रतियोगिताका अन्तिम खेलमा तीनसहित ५ विकेट लिए ।
आफ्नो पहिलो खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । खेलमा दिल्ली ५ विकेटले पराजित भएपनि सन्दिपको बलिङको भने तारिफ भयो ओएस नेपाल : हेर्नुहोस भिडियो :