सन्नीले अभिनय गरेको नेपाली फिल्म पासवर्डको आजको साम बोलको गीत अहिले चर्चामा |

0
161

बलिउड हुँदै अन्ततः सन्नी लियोनी नेपाली रंगमञ्चमा प्रवेश गरेकी छन् । चलचित्र खेलेर चर्चामा आएकी सन्नीले बलिउड हुँदै नेपाली चलचित्रमा समेत आफ्नो कम्मर मर्काएकी हुन् । सन्नीले अभिनय गरेको नेपाली फिल्म पासवर्डको आजको साम बोलको गीत अहिले चर्चामा छ । भदौ २७ गते रिलिज हुने चलचित्रको गीत भने युट्युबमा अपलोड भइसकेको छ । ओएसआर डिजिटलको च्यानलमा अपलोड गरिएको सन्नी अभिनित उक्त गीत यो सामग्री तयार पार्दासम्म १८ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

गीतमा झण्डै ५० हजार लाइक, झण्डै पाँच हजार कमेन्ट गरिएको छ । यसले पनि सन्नीको गीत नेपाली दर्शकमाझ भाइरल हुँदै गएको प्रष्ट छ । सन्नी लियोनीको कम्मर मर्काइमा नेपाली दर्शक लठ्ठ भएको भिडियोको बढ्दो भ्युजले पनि पुष्टि गर्छ । गुगल लगायतका सर्च इञ्जिनमा समेत सर्वाधिक खोजी सूचीमा रहने सन्नीलाई यसले गीतले नेपाली रंगमञ्च दुनियाँमा स्थापित गराउला ? तपाईंलाई के लाग्छ, कृपया तल कमेन्ट गर्नुस् । सन्नीको चर्को मूल्य चुकाउन अन्य नेपाली निर्माता निर्देशकले सक्छन् सक्दैनन् त्यो पनि हेर्न बाँकी छ ।

किनकी तपाईंलाई बताइदिउँ, सन्नी लियोनीले पासवर्डको एउटा आइटम सङमा अभिनय गरेवापत एक करोड रुपैयाँ लिएको चर्चा रंगमञ्च क्षेत्रमा छ । जबकी नेपाली फिल्ममा हालसम्म हुँदै आएको औसत लगानी पनि यति धेरै छैन । एउटा सिंगै चलचित्र बनाउन सकिने पैसा सन्नीमा खन्याएर फिल्म पासवर्डका निर्माताले रिलिजपछि असुल गर्न सक्छन् सक्दैनन् त्यो हेर्न बाँकी छ । तपाईंलाई जानकारी दिउँ, सन्नी अभिनित यो गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने विक्रम जोशीको शब्दलाई दुर्गा खरेलले आफ्नो सुमधुर स्वरको जादु चलाएकी छन् ।

भिडियोमा सन्नी लियोनीसँगै नेपाली अभिनेता अनुप विक्रम शाही र विक्रम जोशी लगायतका कलाकारले अभिनय गरेका छन् । छायाकार अमर जीत मल्लले अष्टे«लियामा निकै मिहिनेतका साथ छायाकंन गरेको यो भिडियोका टुक्रा टीकटकमा समेत लोकप्रिय हुँदै छ ।सन्नीको ब्याकग्राउण्ड खोतल्ने हो भने उनको वास्तविक नाम समेत अर्कै छ । करनजीत कौर बोह्रा उर्फ सन्नी लियोनी । सन् १९८१ मे १३ मा क्यानडामा जन्मिएकी भारतीय मूलकी सन्नी पोर्न क्षेत्रमा भने अमेरिकाबाट प्रवेश गरेकी हुन् । शुरु मै सन्नीले पोर्न फिल्म रोजेकी भने होइनन् ।

अमेरिकाबाट अभिनय र मोडलिङ शुरु गरेकी सन्नीको नागरिकता भने अमेरिका र क्यानडा दुवैतिरको छ । बिबिध इन्टरटेइमेन्टका लागि समेत काम गरेकी सन्नी शुरु शुरुमा एक जर्मन बेकरीमा समेत काम गर्थिन् । उनी नर्स बन्नका लागि पढिरहेकी थिइन् । आर्थिक अभाव लगायतका कारणले उनले सन् २००१ मा पेन्थहाउस म्यागजिनमा फोटोशुट गरेकी थिइन् । २००३ पछि भने उनै हार्डकोर पोर्नोग्राफीमा प्रवेश गरिन् । त्यसपछि उनले पोर्न सेक्टरमा धुम नै मच्चाइन् । पोर्न चलचित्रमा काम गरुन्जेल उनी हाइली पेड एक्टरमा गनिन्थिन् । सन्नी लियोनीलाई म्याक्जिमले सन् २०१० मा १२ शीर्ष अश्लील कलाकारहरुमा मनोनित गरेको थियो । उनले मुलधारका फिल्म र टीभी शो मा पनि भूमिका निभाई सकेकी छन् ।

उनी सन् २०१२ मात्रै बलिउड प्रवेश गरेकी हुन् । यसरी हेर्दा पछिल्लो ७ वर्षदेखि बलिउडमा सक्रिय छिन् । सन् २०१२ मा पूजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीस्म २ बाट सन्नीले बलिउडमा डेब्यू गरेकी हुन् । त्यसपछि सन् २०१३ मा ज्याकपट, सन् २०१४ मा रागिनी एमएमएस–२, सन् २०१५ मा एक पहेंली लिलामा अभिनय गरिन् । यस्तै शुटआउट एट वाडलामा विशेष कलाकारको भूमिका निभाएकी सन्नीले तमिल चलचित्र वादक–ररयमा पनि अतिथी कलाकारको भूमिका निभाइन् । त्यस्तै हेट स्टोरी २, टीना और लोलो, कन्नड भाषाको चलचित्र डीके, बलिउड चलचित्र मस्तिजादे, कुछ कुछ लोचा है, बेइमान लभ, डोंगरीका राजा, रइस, बादशाहो र भूमिमा विशेष कलाकारको भूमिका निर्वाह गरेकी छन् ।

बलिउड चलचित्र जिस्म २ मा अभिनय गर्नुअघि नै उनी भारतीय रियालिटी शो बिग बसमा सहभागी भएकी थिइन् । त्यसपछि नै बलिउडमा उनको चर्चा चुलिएको थियो । बिग बससँगै उनले एमटीभीबाट प्रशारण हुने अर्को रियालिटी शो स्प्लिट्स भिल्ला मा पनि सञ्चालकको भूमिका निभाएकी थिइन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चासो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउनुका साथै एक अमेरिकी जीवजन्तु अधिकार संस्था पेटाको चेतना अभिवृद्धि गराउने किसिमका कामहरूमा समेत हात बाँडेकी छन् ।
वैवाहिक सम्बन्ध खोतल्ने हो भने सन्नी लियोनीले सन् २०११ मा ड्यानियल वेबरसँग विवाह गरिन् । ड्यानियल पनि पोर्नस्टार हुन् । सन्नी दम्पत्ति स्वयंका पोर्न चलचित्र पनि छन् । मुलथलो भारत फर्किएपछि भने सन्नी लियोनी पूर्णरुपमा पोर्न क्षेत्र त्यागिन र अब आफूलाई बलिउडमा स्थापित गराउन कम्मर कसेर लागेकी छन् ।

अभिनयसँगै सन्नी लियोनी विवादमा पनि आउने गरेकी छन् । सन् २०१५ मा उनको आफ्नो नामको वेबसाइटका कारण विवादित बनिन् । सनीलियोनी डटकममा भएका अश्लील सामग्री भारतीय संस्कृति विपरित रहेको भन्दै उनीविरुद्ध एक महिलाले २०१५ मे मा मुम्बइस्थित रामनगरको एक प्रहरी चौकीमा उजुरी दिइन् । उनीमाथि जेल, जरिवाना वा दुवै सजाय हुनुपर्ने माग दाबीसहितको उजुरी परेको थियो । तर, प्रहरीले सन्नीलियोनी डटकम बन्द गराउन नसकिने बरु सञ्चालकसँग त्यसमा भएका सामग्रीबारे सोधपुछ गरी हटाउन लगाउन सकिने जवाफ दियो ।

त्यस्तै सन् २०१७ को न्यू एयरमा बेंगलोरुमा भएको एक कार्यक्रम सन्नी नाइट इन बेंगलोरु मा एक समूहले उनीविरुद्ध प्रदर्शन गर्यो । उनको पोर्नोग्राफी पृष्ठभूमिका कारण विरोध प्रदर्शन भएको थियो । सन्नीको कार्यक्रम भए त्यो समूहले सामूहिक आत्मदाह गर्ने चेतावनी दिएपछि कर्नाटाका का गृहमन्त्रीले कार्यक्रम सञ्चालनका लागि निषेध गरे । सन्नीले पोर्नोग्राफीलाई बढावा दिएको । सन्नीमाथि यि यस्ता आरोप बाहेक पैसा लिएर काम नगरेको आरोप समेत लागेको छ । २०१८ मा निर्माता तथा वितरक भारत पटेलले आफ्नो फिल्म पटेल की पञ्जाबी शादी नामक फिल्मका लागि सन्नी लियोनीलाई अनुबन्ध गरेका थिए । उक्त फिल्ममा ऋषी कपुर र परेस रावल समेत मुख्य भूमिकामा रहने बताइएको थियो ।

सो फिल्मका लागि पटेलले सन्नीलाई पाँच लाख रुपैयाँ भारु दिएर सम्झौता गरेका थिए । तर, सन्नीले पछि काम पनि नगरेको र पैसा पनि फिर्ता नगरेको निर्माता पटेलले आरोप लगाएका थिए । सन्नीको पृष्ठभूमि, करियर र कन्ट्रोभर्सीपछि उनका केही धारणा पनि जानौं । पछिल्लो पाँच वर्षमा भारतमा गुगलमा सर्वाधिक खोजी हुने नाम आफ्नै हो भन्नेमा उनी जानकार नै छिन् । र उनलाई यो पनि थाहा छ, आखिर किन उनलाई गुगलमा खोजिन्छ । उनको पृष्ठभूमिको कारण पनि हुनसक्छ मानिसले उनीप्रति एक किसिमको धारणा बनाइसकेका छन् । यो कुरा सन्नी स्वयंले पनि स्वीकार्छिन् ।

उनी भन्छिन्– आफ्नो बारेमा एकै प्रकारको धारणा बन्नुको कारण म स्वयं हो । म आफ्नो सोच र आफ्नो जीवनलाई लिएर एकदमै पारदर्शी छु । तर, मानिसहरुले उनलाई विगतको पेसासँग जोडेर हेर्दा उनलाई नरमाइलो लाग्दो रहेछ । आफ्नो पृष्ठभूमि जे भएपनि अहिले आफूले त्यसलाई त्यागिसकेको र नितान्त मुलधारको कलाकारितामा केन्द्रीत रहेको भन्दै उनले आफ्नो परिवर्तित व्यक्तित्वलाई बुझिदिन आम दर्शकसँग आग्रह गरेकी छन् । सन्नी लियोनीको वास्तविक नाममा समेत भारतमा विवाद भयो ।

करनजीत कौर नाम राखेर सन्नीको जीवनमा आधारित वेब सिरिज बनेको भन्दै भारतमा विरोध भएको थियो । कौर नाम र पोर्नोग्राफी पृष्ठभूमिकी सन्नी लियोनीलाई दाँज्न नसकिने भन्दै शिरोमणी गुरुद्वार प्रवन्धक समितिले विरोध गरेको थियो । समितिका अनुसार कौर नामले सिध धर्ममा निकै महत्व राख्छ । तर, सन्नीले यसमा पनि चित्त दुखाएकी छन् । राहदानीमा समेत आफ्नो नाम करन जीत कौर रहेको भन्दै उनले त्यसको जवाफ आफ्ना स्वर्गीय मातापिताले दिनुपर्ने बताएकी छन् । यो सामग्रपछि पक्कै पनि तपाईंले सन्नी लियोनीलाई नजिकबाट चिन्नुभयो होला । सन्नीको कलिउड यात्राप्रति तपाईंको केही धारण भए तल कमेन्ट गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here