सफल कलाकार सनम कठायत र आबृति कोइरालाको अभिनयमा ( के भोर ? ) गीतको भिडियो सार्वजनिक

0
503

सफल मोडल सनम कठायत र आबृति कोइरालाको अभिनयमा ( के भोर ? ) रमाईलो गीतको भिडियो सार्वजनिक भएको छ । धेरै स्याड गीतहरुमा अभिनय गरेर छुट्टै पहिचान बनाएका सनम’ले अहिले चर्चित गायक बादल थापा र गायिका मेलिनाको आवाजमा रहेको (के भोर?) रमाईलो गीतमा अभिनय गरेर दर्शक स्रोता माझ भिडियो ल्याएका छन्। गीत पनि एकदम रमाईलो छ त्यसै अनुरुप भिडियो पनि रमाईलै बनेको छ आशा छ दर्शक स्रोताले मन पराउनु हुनेछ भन्छन कलाकार सनम कठायत।

उनलाई अभिनयमा मोडल आबृति कोइरालाले साथ् दिएकी छन् । गीतलाई स्वयम् बादल थापा र धर्मिन्द्र तिम्सिनाले रचना गरेका हुन् । गीतमा बादल थापा’कै संगीत तथा सुबिन सेन्चुरी’को एरेन्ज रहेको छ । गीतको भिडियोमा सन्तोष राज बाहक”को निर्देशन’ राम कुमार केसी’ को छायांकन’टेकेन्द्र साहको सम्पादन रहेको छ।

गीतको भिडियोमा सनम र आबृति”लाई कैलाश कठायत’ श्रवन चौधरी’ जगदीश गुभाजु’ कृष्ण गाहा’ सरिता के सी’ बिपना के सी’ले साथ दिएका छन्। भिडियोलाई लाईम लाईट नेपाल’ स्याडोज नेपालले पोस्ट प्रोडक्सन गरेको छ। भिडियोलाई एभरेस्ट ग्यालरी’को युट्युब च्यानलमा हेर्न सकिन्छ।news chiranjivi bhandari |9847425260 |

मनोरंजनको लागी यहाँ भएका भिडियोहरु पनि हेर्नुहोला ……..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here