मङ्सिर १४ काठमाण्डौ | काठमाडौ – नव उदयमान गायक तथा समाजसेवी जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीतको म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले जीवन्त अभिनय गरेका छन् ।
लामो समय देखि ससक्त कलम चलाउदै आउनु भएका संगीता बायुङ्ग राईको शब्द रचनालाई गायक राई आफैले संगीत गरेका छन् । यो गीतको एरेन्ज पावल चामलिंगले गरेका हुन् भने मिक्सिङ्ग किशोर थापाकोले गरेका हुन् ।
ज्ञानेन्द्र शर्माले यो गीतको भिडियोलाई कैद गरेका हुन् भने म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियो निर्देशन पनि एरेंजेर पावल चामलिंगले सुनुवारले नै गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला | chiranjivi bhandari |