सम्बन्ध सुधार्दै पारस शाह !

0
2208

 

पुष १२ बुधबार काठमाण्डौ !
झन्डै तिन बर्षअघि नेपाल फर्किएपनि पूर्व युबराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् ! यद्यपि पछिल्ला दिनमा उनले पत्नी हिमानी सहित परिवारका सदस्य संगको सम्बन्धमा भने सुधार गर्दै छन् !आफ्ना उद्दण्ड गतिबिधि र अनियन्त्रित खानपानमा पनि उनले नियन्त्रण गरेका छन् !यो खबर योगेश्वर ढकालले दिएका छन् !२०७१ चैतमा बैंककबाट फर्किएपछि पारस बहिनि शिताष्मा ( काका धिरेन्द्र कि छोरि ) को घरमा बस्दै आएका छन् ! पिता पूर्व राजा ज्ञानेन्द्र ,आमा कोमल र पत्नी हिमानी सहित परिवारका सदस्य संगको उनको भेटघाट कमै हुने गरेको थियो ! तर पछिल्लो एक बर्ष यता बाबु आमा र श्रीमति संगको भेटघाट भने बाक्लो भएको छ ! पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी भए ! परिवारका नजिकका आफन्तबीच मनाइएको कार्यक्रममा पारस र हिमानी केहीबेर संगै नाचेका थिए ! उनीहरुलाई संगै नाच्न नातेदारहरुले मिलाइदियेका थिए दंसै तिहार बुबा आमा सहित परिवार संग निर्मल निवासमै रमाइलो गरेर मानाये !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here