सम्राट अशोकसंग तुलना गर्दै प्रचण्डले के भने ?

0
1233

पुष १४ शुक्रबार काठमाण्डौ !

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले शान्ति , शुसान र सम्वृद्धि , नेपाली राजनीतिकका प्रमुख एजेन्डा भएको बताएका छन् ! शुक्रबार ब्रम्हकुमारीमा राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचन्डले चुनावमा जनतासंग स्थिरताको प्रतिबद्धता गरेको बताएका छन् ! हामीले जनताको बिचमा स्थिरताको प्रतिबद्धता ब्यक्त गरेका छौँ ! बिकाशको प्रतिबद्धता गरेका छौँ, त्यसलाई मैले शान्ति, शुसान र सम्बृद्धिका रुपमा परिभाषित गर्दै आएको छु, प्रचन्डले भने , निर्वाचनमा हामीले जनताका बिचमा जे< जस्ता प्रतिबद्धता ब्यक्त गरेका छौँ , संकल्प गरेका छौ, र त्यसलाई पुरा गर्छौं ! अब देश शान्ति ,सुशान र सम्वृद्धिको यात्रामा अघि बढाउँछौँ ! कतिपयलाई लाग्छ पनि होला , युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ ! जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाईनै शान्तिको महत्व सबै भन्दा बढी थाहा हुन्छ , प्रचन्डले भने ,सम्राट अशोक पहिले युद्धका कमान्डर थिए , पछि शान्तिका प्रवर्तक भएर बुद्धको संदेश विश्वभर फैलाए ! हाम्रो युद्धपनि शान्तिका लागि थियो , सुशासनका लागि थियो , बिकाशका लागि थियो , अहिले हामि त्यहि संकल्पमा छौँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here