सरकारले भने बमोजिम काम नगरे सरकारी कर्मचारीका सबै सुबिधा रोकिने : मंत्री लाल बाबु पण्डित !

0
1284

चैत ५ काठमाण्डौ ! सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रको सेवामा समर्पित हुनुपर्चा भन्दै । देशका लागि काम गर्छु भनेर सपथ खाएका कर्मचारीहरुले सरकारले खटाएअनुसारको काम गर्नु अनिवार्य हुन्छ भने ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गरिरहँदा मन्त्री पण्डितले सपथ खाँदा व्यक्त गरेका प्रतिवद्धता विर्सन खोज्ने कर्मचारीहरुलाई सम्झाउने अभियानमा आफू लागेको बत “स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, तीनै ठाउँमा राष्ट्रसेवकहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न सरकारले आग्रह गरेको छ । सरकारको आग्रह मान्नुपर्छ ।” पण्डितले भने ।खटाइएको कर्मचारी कर्मचारी खटाएको ठाउँमा जानैपर्छ । यदि त्यसो नगरेमार दुई–तीन दिनभित्र हाजिर रोक्का गर्छु । प्रयोग गरेका सबै सुविधा रोक्का गर्छु । होइन भने उहाँहरुलाई सिधै घर पठाउँछु । त्यस्ता कर्मचारीलाई थप सुविधा दिन सकिदैन ।”
जनतालाई दिनुपर्ने सेवा जुन हालतमा पनि गर्नु पर्ने जोड दिंदै । “पहिला सेवा गर्ने त्यसपछि मेवा पाउने हो । पहिला थप सुविधा चाहियो अनि मात्रै काममा जान्छु भन्ने हो भने त्यो सम्भव छैन ।” पण्डितले भने । कुनै पनि कर्मचारीलाई अमर्यादित काम गर्न नलगाइएको भन्दै पण्डितले अपमानित हुने काम नभै जनताको सेवा गर्ने काममा कर्मचारी जिम्मेवार हुनुपर्ने चेतावनी दिए ।“राष्ट्रको सेवा गर्न नसक्नेहरु राष्ट्रसेवक हुन सक्दैन । काम गर्न सक्दिन भन्नेहरु राजिनामा दिएर गए हुन्छ । राजिनामा दिएपछि पाउने सुविधा पाउनुहुन्छ । होइन भने खटाइएको ठाउँमा काम गर्नुपर्छ । यसको विकल्प छैन ।” उनले सरकारले खटाएअनुसारको काम नगर्नेलाई ऐन कानुनले दिएको अधिकार प्रयोग गरेर कारबाही गर्ने पण्डितले बताए “कानुनअनुसार बर्खास्त गर्छु । त्यसपछि अर्को काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई पठाउँछु । अल्पकालिन व्यवस्था गरेर भए पनि खटाइएको ठाउँमा नजानेलाई कारबाही गरेरै छाड्छु । कि काम गर्न जानुपर्यो, कि त घर जानुपर्यो । थप सुविधा केही पनि पाइदैन ।” उनले भने ।आजको शिखर न्युजमा खबर छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here