सरकार नै एड्स लागोस भन्ने चाहान्छ < राखी सावन्त !

0
1425

पुष ४ मंगलबार काठमाण्डौ !
मुम्बई ४ पुष < सुचना एबम प्रसारण मन्त्रालयद्वारा दिउँसो टिभीमा कन्डमको बिज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाईन सार्बजनिक गरिएपछि, राखी सावन्त रिसाएकी छन् ! राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिदै छिन् ! राखिका फ्यान उनलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए ,तर अब बिहान ६ बजे देखि राति १० बजे सम्म यस्ता बिज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ ! राखी भन्दा पहिले सन्नी लियोनि ,विपाशा बासु ,कारण सिंह ग्रोबर,रंबिर सिंह,जस्ता कलाकार कन्डमको विज्ञापनमा देखिंदै आएका थिए ! राखी भन्छिन ,समाजमा यौन सुरक्षा र अन्पेक्षित गर्व रोक्न धेरै भन्दा धेरै कन्डमको बिज्ञापन गर्नु पर्छ ! यसबाट सर्बसाधारणलाई यसको प्रयोग र उपयोगिता बारे जानकारी हुन्छ ! एड्सको संक्रमण बाट बाँच्न सकिन्छ ! म समाजको भलाईका लागि कन्डमको विज्ञापनमा काम गर्दै छु ! उनले भनिन सरकारले सन्नी लियोनि विपाशा बासुको कन्डमको विज्ञापनमा त रोक लगाएन ,तर जब मैले कन्डमको बिज्ञापन खेलेको थाहा पाए, अनि यसको बिज्ञापन प्रसारणमा बन्देज लगाइयो ,के सरकार मसंग डराएको होर ? हेर्दै नहेरी मैले खेलेको बिज्ञापन संग के दुश्मनी के यस्ता बिज्ञापन रोक लगाएर सरकार दिउँसो कसैलाई यौन सम्बन्ध राख्न रोक्न सक्छ ? भारतमा कन्डमको विज्ञापनमा रोक लगाउँदा एड्सको खतरा बढ्छ ! युवाले कण्डम बिना यौन सम्बन्ध राख्ने छन् ,मलाइ त यस्तो लाग्न थालेको छ कि सरकारनै एड्स लागोस भन्ने चाहान्छ ! जब सम्म बच्चाले यस्ता बिज्ञापन हेर्दैनन् तब सम्म उनीहरु कसरि सुरक्षित यौन सम्बन्ध राख्न सक्छन?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here