अभिनेता सरोज खनाल पछिल्लो समय अभिनयमा निकै व्यस्त छन् । फिल्म मात्र होइन, रंगमञ्चमा पनि उनी उत्तिकै सक्रिय देखिन्छन् । ५० को दशकमा लोकप्रिय अभिनेता खनालले डेढ दशक अमेरिकामा बिताए । चार वर्षअघि ‘मानव’ फिल्मबाट अभिनयमा ‘कमब्याक’ गरेका खनालले त्यसपछि ‘नाइँ नभन्नू ल ३’, ‘सुब्बासाब’, ‘प्रेमगीत’, ‘दर्पणछायाँ २’, ‘पञ्चायत’लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । अहिलेसम्म चार दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका खनाललाई नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले आफूलाई विशेष लागेका १० फिल्म छान्न लगाए । खनालको छनोटमा परेका ती फिल्म यी हुन् :

विजय–पराजय
विजय–पराजय (०४५) मैले अभिनय गरेको ठूलो पर्दाको पहिलो फिल्म हो । त्यसअघि मैले नाटक, टेलिसिरियलहरूमा मात्र अभिनय गरेको थिएँ । ठूलो पर्दामा आफूलाई हेर्दा कस्तो होला भन्ने कुतुहलता त्यो फिल्मले जगाएको थियो । भुवन केसी, कृष्ण मल्ल, तुलसी घिमिरेजस्ता दिग्गज हस्तीका साथ अभिनय गर्नुपर्दा सुरुमा मलाई सक्दिन“ कि भन्ने डर लागेको थियो । राजेन्द्र शलभ निर्देशित फिल्ममा म श्याम नामक चरित्रमा थिएँ । रूपा राना र मेरो बेडसिनले त्यतिवेला निकै चर्चा पाएको थियो । नचिनिने भेषमा हलमा पुगेर मैले थुप्रैपटक विजय–पराजय हेरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here