सर्बोत्कृष्ट गायक’को अवार्ड चुम्न सफल भए, गायक/संगीतकार पुस्कर सुनुवार |

0
1363

असोज २४ काठमाण्डौ | सर्बोत्कृष्ट गायक’को अवार्ड गायक/ संगीतकार पुस्कर सुनुवार’ले हात पारे । थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजा अन्तरगत उनले सो अवार्ड हात पार्न सफल भएका हुन् ।
धेरै गीतहरुमा आफ्नो स्वर तथा संगीत दीई सकेका उनि गीत-संगीत क्षेत्रमा लागेर संगीत संयोजन गरेको पनि धेरै भई सक्यो । समयको रफ्तारमा गायक संगीतका पुस्कर सुनुवार’ले धेरै सफलता हात पार्न सफल भई रहेका छन् | गायक सुनुवार सफल गायक/ संगीतकार /एरेन्जर पनि हुन | उनले आफ्नो संगीतमा नयाँ गायक देखि लिएर चर्चित गायक गायिका हरुलाई पनि गवाइ सकेका छन् |

उनले गएको एक बर्षको अन्तरालमा ३ सर्बोत्कृष्ट अवार्ड हात पारिसकेका छन् | दुई सर्बोत्कृष्ट संगीत संयोजन अवार्ड भने’ १ सर्बोत्कृष्ट गायकको अवार्ड हात परेका छन् | गायक सुनुवारका धेरै गीतहरु चर्चामा छन् भने , अहिले उनले कस्तो कस्तो तिम्रो मायाँ बोलको गीत बाट सर्बोत्कृष्ट गायकको अवार्ड हात पारेका हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here