सर्वनाम थिएटरमा अन्तराष्ट्रिय एकल नाटक महोत्सव सुरु।

0
1079

चैत १९ काठमाडौंको सर्वनाम थिएटरमा अन्तराष्ट्रिय एकल नाटक महोत्सव सुरु भएको छ । आफ्नो रंगयात्राको ३६ औँ वर्ष प्रवेश गरेको अवसरमा सर्वनामले आयोजना गरेको महोत्सवको आज उद्घाटन भएको छ ।
विदेसी कलाकारहरुलेसमेत नेपाली राष्ट्रिय गान गाएर सुरु भएको महोत्सवमा सर्वनाम थिएटरका निर्देशक तथा नाटककार अशेष मल्लले सम्पुर्ण कलाकारहरुलाई स्वागत गर्दै विश्वका रंगकर्मीहरुलाई नेपाल भित्राएर विश्वमा के भईरहेको छ अन्तरक्रिया गर्न सजिलो हुने बताउनुभयो । उहाँले विश्वका रंगकर्मीहरुलाई एकै ठाउँमा भेला गराउने आफ्नो सपना पुरा भएको र सर्वनाम र कलालाई बचाउने जिम्मा अबको पुस्ताको रहेको बताउनुभयो ।
भारतका चर्चित रंगकर्मी सुबोध पटनाले आफ्नो मन्तव्य व्यक्त गर्दै यो सर्वनामको मात्र जन्मदिन नभई अन्तराष्ट्रिय एकल नाटक महोत्सवकै जन्मदिन भएको बताउनुभयो । कार्यक्रममा सबै राष्ट्रका प्रतिनिधित्व गरेका कलाकारहरुले “शान्ति”को बारेमा बोलेका थिए ।
महोत्सवको सुरुवातमा नेपालको तर्फबाट नाटक “अतिरिक्त आकाश” मञ्चन भएको थियो । नाटककार अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटकमा अभिनित मल्लको अभिनय रहेको थियो । करीब २० मिनेट लामो नाटकको कला निर्देशन राज शाहले गरेका हुन् ।
दोस्रो नाटक लन्डनको तर्फबाट “द कोट” प्रस्तुत भएको थियो । माईकल उडउडको निर्देशन रहेको नाटककमा सिनेड जोन्स् ले अभिनय गरेकी हुन् ।
तेस्रो नाटक चीनको प्रतिनिधित्व गर्दै ग्रास स्टेजको प्रस्तुती रहेको नाटक “जम्प” प्रस्तुत गरिएको थियो । चिनियाँ कलाकार जीअमीनले फरक शैलीमा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सम्पदा मल्लले गरेकी हुन् ।
चैत २२ गतेसम्म चल्ने महोत्सवमा १३ नाटक मञ्चन हुनेछन् । महोत्सवमा बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्डलगायत दर्जन देशका तीन दर्जनबढी कलाकार तथा रंगकर्मी राजधानीमा भेला भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here