सल्यानमा दुर्घटना : चार जनाको मृत्यु !

0
1298

माघ ९ मंगलबार काठमाण्डौ !
सल्यानमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ! त्रिबेणी गाउँपालिका वडा नम्बर ६ स्थित सडक खण्डमा सोमबार अपरान्ह भएको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ, भने ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ ! रुकुमबाट तुलसीपुर आउंदै गरेको न ५ ख ५३१ नम्बरको बस सोमबार अपरान्ह २ बजे सल्यानको लुहामस्थित भन्टा खोलामा दुर्घटना भएको हो ! घटनामा घम्भिर घाइते भएका १२ जनालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ !अन्य १५ जनाको सल्यान श्रीनगरमा उपचार भरहेको नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष भरत बस्नेतले जानकारी दिनु भयो ! बस्नेतका अनुसार दुई महिला र दुई पुरुषको घत्स्थलमै मृत्यु भएको छ ! मृत्यु हुनेमा सल्यान वागचौर नगरपालिका १० कि ६४ बर्षीय छन्चरी बिक, र रुकुमकी २४ बर्षीय पुष्पा केसी खड्का रहेको बताइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here