सवारी चालकहरुको आन्दोलनले गर्दा तराइमा सास्ती |

0
813

असोज ४ काठमाण्डौ | हेटौडामा मुलुकी संहितामा सवारी चालकहरुका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरुले सवारीसाधान सञ्चालनमा अवरोध गरेका छन्। मकवानपुरमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी चालकहरुको आन्दोलनका कारण सवारी साधन सञ्चालनमा अवरोध र्सजना भएको छ ।

शिखरकोटमा सडकमा ढुंगा राखेर टायर बालिएको छ। आफूहरुलाई अपराधी सरह जेल हाल्ने कानुन आएकाले आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।अबरोध गर्ने कजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी नायव उपरीक्षक नरेशकुमार का अनुसार अहिले राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गरेर राजमार्ग संचालन गर्ने प्रयास भइरहेको बताइएको छ । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here