सवारी दुर्घटना हुदाँ १५ जना घाईते एकको अवस्था गम्भीर |

0
132


इच्छाकामनमा सवारी दुर्घटना हुदाँ १५ जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी दुर्घटना हुदाँ १५ जना घाईते भएका हुन् ।

विरगंजबाट धादिङ जादैँ गरेको ना ८ ख ६० ५८ नम्बरको यात्रु बाहक बस र काठमाडौँबाट नारायणगढ तर्फ जादैँ गरेको ना ६ ख २८९५ नम्बरको मालबाहक ट्रक आज विहान ८ : ४० बजे बजे चितवनको इच्छाकामना ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाईतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । केही बेर अवरुद्ध राजमार्ग अहिले एकतर्फी संचालनमा आएको छ । थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here