माघ २८ आइतबार काठमाण्डौ !
सस्तोमा सुन दिन्छु भनेर २० लाख रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ! बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनेर ठगि गरेको उजुरी परेपछि प्रहरीले दाङका ३२ बर्षीय नरेन्द्र महरा ,दार्चुलाका ३३ बर्षीय ईन्द्रसिंह धामी ,र २८ बर्षका भुपेन्द्रसिंह धामीलाई माघ २५ गते पक्राउ गरेको हो ! उनीहरुको साथबाट प्रहरीले २० लाख ५० हजार रुपैंया आई फोन सिक्स मोबाइल र बा ११ च ७६४२ नम्बरको गाडी बरामद गरेको छ ! प्रहरीले उनीहरुकै सूचनाकै आधारमा रेड पाण्डाको छाला तस्करीमा संलग्न र चितवनका २४ बर्षीय भारतविलास पराजुलीलाई पक्राउ गरेको छ ! ठगि आरोपमा पक्राउ परेका नरेन्द्र महराको मोबाइलमा रेड पाण्डाको फोटो देखेपछि अनुसन्धान गर्दै जाँदा पराजुली पक्राउ परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ! पराजुलीलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाईएको छ भने, अरुको महानगरीय प्रहरी परिसरलेनै अनुसन्धान गरिरहेको छ !