सांसंद गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई कटाक्ष गरे |

0
811

साउन २८ काठमाण्डौ | नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसंद गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई कटाक्ष गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा विदेशी पाहुनालाई सरकारले काठमाडौंका विभिन्न होटलमा छरिएर रहने व्यवस्था मिलाउनु पर्ने अनौठो माग राखे । सरकारलाई आफ्नो माग सुनाउँदै गगनले बैठकमा अनौठो कुरा उठाएपछि सांसदहरू चकित परे । गगन थापाको यो अनौठो मागले संसद बैठकमा खैलाबैला नै गरायो ।

तर पछि थाह लाग्यो गगनले राजधानीका सडकको बेहाल अवस्था देखाउन विदेशी पाहुनालाई एकै होटलमा नराखेर छरिएर रहने व्यवस्था मिलाउन सरकारसँग माग गरेका रहेछन् । विमेस्टेक सम्मेलनमा ६ राष्ट्रका विशिष्ट पाहुनाहरू काठमाडौंमा आउने कार्यक्रम छ । ती पाहुनाले सडकको बेहाल स्थिति देख्छन् भनेर सरकारले सडक बनाउँछ कि भन्दै गगनले व्यंग्य गरेका हुन् ।

यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतकै राष्ट्रपति प्रणव मुखर्जी र सार्क सम्मेलन लगायतका अन्तराष्ट्रिय पाहुनाको आगमनमा काठमाडौंका सडक चिरिच्याट्ट पारिएको थियो । तर अहिले भने बेहाल छन् सडक । गगन थापाको व्यंग्यात्मक भाषण र राजधानीको सडकको बेहाल अवस्था देखाउने यो भिडियो हेर्नुसः| स्रोत ओस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here