पौष आईतबार २३ काठमान्डौ गएको शनिबार २२ गते लोक तान्त्रीक किरांत सुनुवार संघद्वारा आयोजित शुभकामना आदान प्रदान तथा बृहद सांस्कृतिक कार्यक्रममा चर्चित गायक संगीतकार पुष्कर सुनुवार र चर्चित गायक तथा संगीतकार चिरन्जिबी भन्डारीले दर्शक श्रोतालाई भरपुर मनोरन्जन गराए ! शुभकामना आदान प्रदान तथा बृहद सांस्कृतिक कार्यक्रममा अर्का कलाकार गायक नविन सुनुवार गायिका पुजा सुनुवारले पनी आफ्नो प्रस्तुतिमा कुनै कसर बांकी राखेनन!!सो सांष्कृतिक कार्यक्रम ओखल ढुंगाका
सभासदस्य सांसद यज्ञराज सुनुवारको हातबाट उदघाटन गरिएको थियो! कार्यक्रममा सांसद यज्ञराज सुनुवार गायक संगीतकार पुस्कर सुनुवार ,गायक संगीतकार चिरन्जिबि भन्डारी,गायक नबिन सुनुवार, गायिका पुजा सुनुवारलाई संमानित गरिएको थियो ! कार्यक्रममा बिगत तिन महिनादेखी ब्लड क्यान्सरले ग्रसित ओखल ढुंगाकी चार बर्षिय कृष्टिना सुनुवार उपचारको सहयोगार्थ पनी सो कार्यक्रम गरिएको थियो, कार्यक्रममा उनको उपचारको लागी केहि उठेको रकम सोहि कार्यक्रम बिच कृष्टिनाको बाबा निरकुमार
सुनुवारलाई हस्तान्तरण गरिएको थियो! कार्यक्रमको सहयोगार्थ पनी आवस्यक अनुसार सहयोग रकम नजुटेको कारण संध्या म्यूजिक प्रा. लिले कृष्टिनाको उपचारको सहयोग रकम जुटाउने उद्देश्यको साथ कृष्टिना बचाउ अभियान मुलनारा सहित बृहद सांस्कृतिक कार्यक्रम गर्ने घोषणां गरेको छ ! कार्यक्रमको ढांचा समय बारे केहिदिन भित्रै जानकारी गराउने संध्या म्यूजिक प्रा.लिले प्रतिबद्धता गरेको छ ! शुभकामना आदान प्रदान तथा बृहद सांस्कृतिक कार्यक्रमलाई संचालन उर्मिला सुनुवारले गर्नुभएको थियो भने, सो कार्यक्रम सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको संयोजकत्वमा संपन्न भएको थियो ! सो कार्यक्रमलाई छायाङ्कन तथा सम्पादन गर्नेकाम मोहन सुनुवार (नबिन)ले गर्नु भएको छ ! सो क्रयक्रम चोभारमा भएको थियो |