साईकल टाईप’को कार हेर्नुहोस कहिले भित्रिन्छ नेपालमा |

0
599

पुष २० काठमाण्डौ | स्वीडेनका आविष्कारक माइकल कियलम्यानले हिउँ पर्ने मौसममा साइकल चलाउन कारजस्तै देखिने साइकल बनाएका छन्। यसलाई ‘पडराइड’ को नामले चिनिन्छ। यो चार चक्का भएको इलेक्ट्रिक असिस्ट साइकल हो। यसलाई फेब्रिकको सेलले कभर गरिएको छ। यसको बनोट सानो कारको जस्तैे छ। यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रिक मोटरले २५ किलोमिटर प्रतिघण्टाको गतिले साइकललाई चलाउँछ।

ब्याट्रीले ६० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ। त्योभन्दा बढी गति र रेन्ज चाहिएमा खुट्टाले पाइडल चलाउनुपर्छ। कियलम्यानले हिउँदको समयमा साइकलबाट कार्यालय जान आविष्कार गरेका हुन्। तर यो पडराइड हिउँदमा मात्र नभई सबै मौसममा प्रयोग गर्न सकिन्छ। यसलाई कच्ची बाटोमा, उकालो ओरालोमा, आइस जमेको ठाउँमा समेत सहजै चलाउन सकिन्छ। साइकल निर्माण गर्न उनले कयौं वर्षसम्म आवश्यक पाटपूर्जाको सञ्चय गर्दै आएका थिए। उनले धेरैवटा प्रोटोटाइप बनाएर परीक्षण गरेका थिए।

अब यो साइकल पूर्णतः तयार भएको छ। यसमा एकजना आरामसँग बसेर चलाउने सिट छ। अगाडिपट्टि गाडीमा जस्तै दुईवटा लिड हेडलाइट र साइड लाइट दिइएको छ भने पछाडि ब्रेक लाइट पनि राखिएको छ। अगाडि सिसामा रहेको वाइपरलाई भने हातैले चलाउनु पर्छ।

गर्मीको समयमा चलाउन अगाडिको विन्डस्क्रिन थोरै खोल्न मिल्ने बनाइएको छ। यस साइकलमा सामान राख्न सिटमुनि स्टोरेज स्थानसमेत छ। अहिले यसको तौल ७० किलो छ भने यसलाई १० देखि २० किलोसम्म घटाउने तयारी भइरहेको छ। पडराइड हाल क्राउड फन्डिङबाट प्रोटोटाइप बनाएर उत्पादनको फेजमा रहेको छ। उनीहरूले यसलाई यूरोपियन बजारमा बिक्री गर्ने लक्ष्य बनाएका छन्। स्रोत annapurnapost |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here