साझा यातायातले सेवा विस्तार गर्दैछ !

0
1252

माघ १८ बिहिबार काठमाण्डौ !
साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ ! उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नायाँ बस ल्याउन लागिएको काठमाण्डौ प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनु भयो ! उपत्यका भित्रिन लागेको नयाँ बस मध्ये एउटा अपाङ्गतामैत्री बस र डिलक्स बस भित्रिने क्रम जारि रहेको छ ,भने सिटि बसको टेन्डर प्रक्रिया सकिएको छ ! डिलक्स बस उपत्यका बाहिर चल्नेछ भने, सिटि बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने पाण्डेले जानकारी दिनुभयो ! बस उपत्यका आएपछि प्राविधिक जांच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ ,र त्यसपछि रुट कता लिने भन्ने हुन्छ ! काठमाण्डौ उपत्यका बाहिर अहिले साझाका दुइवटा बस काठमाण्डौ बाग्लुङ्ग रुटमा गुडीरहेका छन् ! डिलक्स बस यहि रुटमा थप्ने वा अन्य जिल्लामा थप्ने निर्णय भईसकेको छैन ! काठमाण्डौ उपत्यकामा चल्ने सिटि बसका लागि धेरै ठाउँबाट माग भएको छ ! नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि ईच्छुक देखिएका छन् ! काठमाण्डौ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here