साथीले आफ्नै साथीलाई धारीलो चक्कु हानि हत्या !

0
1269

चैत ७ काठमाण्डौ ! काठमाडौंको बानेश्वरमा तरकारी काट्ने चक्कुले हानेर एकजना युवाको हत्या गरिएको छ । सर्लाही घर रहेका बानेश्वर देवीनगर बस्ने २१ वर्षे पुरुषोत्तम सेढाईको हिजो बेलुका आफ्नै साथीले चक्कु हानी हत्या गरेको प्रहरीले जनाएको छ । तरकारी काट्ने चक्कुले हानेर आफ्नै साथीको हत्या गरिएको प्रष्ट भएको छ! एउटै घरमा बस्ने साथीले चक्कु हानेका थिए । गफ गर्दागर्दै विवाद हुँदा सेढाइलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए। कोठामै गफ गरेर बसिरहेको बेला उनीहरुमा विवाद बढ्दै गएपछि पुरुषोत्तम सेधाका साथीले तरकारी काट्ने धारीलो चक्कुले हानि हत्या गरेका थिए ! उनीहरु बिचमा के कारण ले बिबाद भयो भन्ने कुरा अहिले सम्म जानकारी आएको छैन!प्रहरीले थप अनुसंधान गरीरहेको महानगरीय प्रहरी बृतका डिएसपी रबि पौडेलले बताएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here