साम्राज्ञीको काधमा आर्यनको बन्दुक |

0
1339

काठमाडौं –चलचित्र बजारमा अहिले अभिनेता आर्यनको क्रेज खासै छैन । केही साता पहिले रिलिज ‘रुद्रप्रिया’को ब्यवसायबाट पनि सो अनुमान लगाउन सकिन्छ ।
एक समय दर्शकमा राम्रो छबि बनाएका आर्यन अहिले क्रेज फर्काउने कोसिमा छन् । पहिलो प्रयास उनले अभिनेत्री रेखासँगको ८ बर्षको दुस्मनी भुलाउदै अभिनय गरेको ‘रुद्रप्रिया’बाट गरेका थिए । तर यो चलचित्रले उनको चाहना पुरा गर्न सकेन । उल्टै निर्माताको लगानी समेत जोखिममा पर्यो ।
उनै आर्यन अहिले आफ्नो क्रेज फर्काउन अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहाको काधमा बन्दुक राखेर पड्काउने तरखरमा छन् । अर्थात आर्यन साम्राज्ञी लिएर चलचित्र ‘कायरा’ निर्माणको तयारीमा जुटेका छन् ।
साम्राज्ञी पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन् हुन् । उनीसँग अभिनयमा देखिएका ‘ए मेरो हजुर २’ अभिनेता सलिनमान बनियाँले डेब्यु चलचित्रमै सफलताको झण्डा गाड्न सफल रहे ।
यी कुरा राम्ररी बुझेका आर्यनले आफ्नो चलचित्रमा पनि साम्राज्ञी लिएर गुमेको क्रेज फर्काउने कोसिमा छन् । ‘कायरा‘ आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र हो ।
चलचित्र अभिनयका लागि राम्राज्ञी १० लाख पारिश्रमिकमा फाइनल भएकी छन् । ‘साम्रज्ञीले पहिले ८ लाख मागेकी थिइन् । आर्यनले हुन्छ भने’ एक चलचित्रकर्मीले नाम नखेल्ने सर्तमा भने ‘एग्रिमेन्ट गर्न बाँकी राखेर साम्रज्ञी घर गएकी थिइन् । फेरी फोन गरेर दुई लाख बढाइन् ।’ साम्राज्ञीको सो डिमान्ड आर्यनले पुरा गरेको ति चलचित्रकर्मीले सुनाए ।
आर्यनको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले आर्यनलाई आफ्नो चलचित्र ‘धुवा यो नशा’ र ‘केशरी’मा काम गराएका थिए । ‘धुवा यो नशा’को ब्यवसाय राम्रो भएन, भने ‘केशरी’मा अधुरै रह््यो ।
फिलिपिन्समा छायाँकन हुने बताइएको चलचित्रमा छायाँकनको मिति भने सार्वजनिक गरिएको छैन । साम्राज्ञीले यस अगाडि अनमोल केसीसँग ‘ड्रिम्स’ र सलिनमान बनियाँसँग ‘ए मेरो हजुर २’ अभिनय गरेकी थिइन् । ‘ड्रिम्स’ले राम्रो ब्यवसाय गरेको थियो भने ‘ए मेरो हजुर २’ लगानी सुरक्षित गर्न सफल रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here