सारंगी बादक / गायक हेमन्त कान्छा र गायिका देवी घर्तीको नेपाली मौलिक गीत {भाग्यमानी} सार्वजनिक: भिडियो सहित |

0
1648

मङ्सिर १९ काठमाण्डौ | चर्चित सारंगी बादक तथा गायक हेमन्त कान्छा रसाईली र गायिका देवी घर्तीको नेपाली मौलिक भाकामा (भाग्यमानी) बोलको गीत सार्वजनिक भएको छ | हज्जारौं नेपाली गीतहरुमा सारंगी बजाएर बाद्यबादक’को परिचय बनाएका गायक हेमन्त कान्छा’ पछिल्लो समय आफ़ुलाइ राम्रो गायक’मा पनी परिणत गर्दै आएका छन् |

एसै क्रममा उनले भर्खरै नेपाली सांगीतक बजारमा टिपिकल मौलिक भाका समेटी (भाग्यमानि) बोलको गीत सार्वजनिक गरेका हुन् | उनलाई गायकीमा चर्चित गायिका देवी घर्तीले साथ् दिएकि छन् | उक्त गीतलाई सपना रसाईली’ले रचना गरेकी हुन् भने,झलक संगीतम’ले संगीत गरेका छन् |

गीतको भिडियोमा उमेश गुरुङ’को निर्देशन ,शम्भु चालिसे’को छायांकन ,सुजन शाही’को भिडियो सम्पादन,रहेको छ | भिडियोमा श्री प्रसाद थापा (लाहुरे दाई ) र रिना थापा मगर’को अभिनय देख्न पाईन्छ | गीतको भिडियो म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ | chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here