सावधान: क्यान्सरको खतरा तातो चिया पिउनेलाइ !

0
1435

माघ २५ बिहिबार काठमाण्डौ !
चिता तात्तातो पिउनु पर्छ भन्ने आम धाराणा छ ! जाडोमा त झन् चुरोटसंग तातो चियाको चुस्की लिनेहरुको संख्या अधिक हुन्छ ! तर अब चुरोट र रक्सि खानेहरुले तातो चिया पिउने बानि त्याग्नु पर्ने देखिएको छ ! रक्सि र चुरोट खानेहरुले धेरै तातो चिया पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्यनले देखाएको छ !यद्यपि चुरोट र रक्सि नखाने पारखीहरुले यसमा चिन्ता लिनु पर्दैन ! बेइजिङस्थित पेकिंङ बिश्वबिद्यालयका प्रोफेसरले सिएनएन संग भनेका छन् !धुम्र पान र मद्यपान सेवन गर्नेहरुमा तातो चिया पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढी हुन्छ ! विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान साखाका अनुसार अन्न नलीको क्यान्सरबाट हरेक बर्ष लगभग ४ लाख मानिसको मृत्यु हुने गरेको छ !अध्यनकालागि शोधकर्ताहरुले चीनमा ३० देखि ७९ बर्षका ४ लाख ५६ हजार १५५ जनामा १० बर्ष सम्म अध्यन गरेका थिए !
अध्यनमा जसले एकदम तातो चिया पिउँछ,अत्यधिक मदिरा पिउँछ र चुरोट पिउँछ ति तिन मध्ये कोहि पनि व्यक्तिहरुको तुलनामा अन्ननलीको क्यान्सरको जोखिम पांच गुणा भन्दा बढी हुन्छ ! धुम्रपान र मध्यपान दुबई अन्ननालिका क्यान्सरका कारक हुन् ! अध्यन कर्ताले तातो चिया , मदिरा धुम्रपान बीच अन्ननाल क्यान्सरको जोखिममा अन्तर सम्बन्ध रहेको पत्ता लगाएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here