पुष १ आईतबार काठमाण्डौ !!
सिंहदरबारभित्रको गाडीको ४ वटै टायर चोरिएको खबर संचार माध्यममा आएको छ ! उक्त टायर सिंहदरबारभित्रकै कर्मचारीलेनै चोरी गरेको खुलेको छ ! चोरी भएका टायर बरामद गरि चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाईएको छ ! शनिबार चोरी भएका ४ वटै टायर प्रहरीले शंखमुलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ ! सिसिटिभिको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो !