सिन्धुलीमा दुर्घटनामा एकजनाको मृत्यु ११ जना घाइते |

0
628

पुष १८ काठमाण्डौ | सिन्धुलीको दुई स्थानमा छुट्टाछुट्टै भएका दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको मरिण गाउँपालिका ७ महेश्वतामा लु४त २२९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हरिहरपुरगढी गाउँपालिका ७ सिन्धुलीका मिलन बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता लोकदर्शन थापाले जानकारी दिए।

उक्त दुर्घटनामा परि महोत्तरीको बर्दीबास नगरपालिका ११ घर भएका शोमलाल घलान गम्भीर घाइते भएका छन्। गम्भीर घाइते घलानलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। मरिण गाउँपालिकाको छापाबाट बाह्रविसेतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको बताइएको छ।
उता बुधबारनै वीपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटमा हायस र ट्रक ठक्करले खाँदा १० जना घाइते भएका छन्।’घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

काठमाडौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा४ख ५६२२ नम्बरको यात्रुबाहक हायसलाई सिन्धुलीकै खुर्कोटबाट रातमाटातर्फ जाँदै गरेको ग१ख ६६२७ नम्बरको ट्रकले ठक्कर दिँदा हायसमा सवार १० जना यात्रु घाइते भएका हुन्।

घाइतेको स्थानीय र प्रहरीले उद्धारगरी धुलीखेल र काठमाडौंतर्फ उपचारका लागि पठाएका छन्। हायस र ट्रकका साथै तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान थालेको जनाइएको छ।घाइतेको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।स्रोत annapurnapost |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here