सिरकभित्र निस्ससिएर बालकको मृयु !

0
1222

माघ २६ शुक्रबार काठमाण्डौ !
उदयपुरको कटारी नगरपालिका ६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पालङमा सुताएको एक बर्षको बालकको सिरक भित्र निस्सासिएर मृयु भएको छ ! इलाका प्रहरी कार्यालय कटारीका अनुसार मृत्यु हुने एक बर्षको बालक रंजित बिक रहेका छन् ! प्रहरीका अनुसार बुधबार बाँकेटारमा होम बहादुर विकका घरमा विवाह उत्सव भईरहेका बेला आफन्तको विवाहमा पुगेकी गीता बिकले छोरा रंजित बिकलाई घरभित्र पालङमा सुताएर हल्का सानो सिरक ओढाएर विवाहमा संलग्न भईरहेकी थिइन् ! तर कसैले नियतवस वा अन्जानमा रंजितलाई अर्को ठुलो सिरक ओढाईदिएका कारण केहि घण्टा पछि गीताले छोरा हेर्दा रंजित हलचल गर्न नसक्ने अवस्थामा देखेपछि तत्काल कटारी अस्पताल पुर्याएको प्रहरीले बताएको छ !अस्पतालमा बालक रंजितलाई डाक्टरले चेकजांच गरेपछि मृत घोषणा गरेको र बालक सिरकले निस्सासिएर मृत्यु भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले बताउनु भयो ! मृत बालकको बिहिबार परिक्षण गरेर शव आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ! यता बालकको मृत्युको कारण कसैले जानीजानी एक सिरक माथि अर्को सिरक बालकलाई ओढाईदिएर निसास्सिने बनाएका कारण नियतबस मृत्यु गराएको भन्दै छानविन र अनुसन्धान गरि पाउँ भन्दै बालकका हजुरबुबाले प्रहरीमा उजुरी दिएको प्रहरी प्रमुख अधिकारीले बताउनु भयो ! मृतक बालकको बुबा रत्न बहादुर बिक भने बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेको पनि प्रहरीले बताएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here