
फागुन १४ सोमबार काठमाण्डौ ! सिरियाको राजधानी दमास्कसको बाहिरि क्षेत्रमा केहिदिन अघि देखि ठुलो मानव हिम्सा मच्चिएको छ ! त्यहि हिंसामा परी सयौं मानिसहरु र सानासाना बाल बच्चाहरु मारिनुका साथै बिचल्लीमा परेका छन् ! सो क्षेत्रमा एक हप्ता सम्म बम बर्षा भैरहेको र, सयौ मानिस मारिएको समाचार अहिले सामाजिक संजाल मार्फत भाइरल भएको छ ! निरन्तर बम बर्षाका कारण सो ठाउँमा सहयोगका लागि खाद्यान्न उपचारका सामाग्री र उनीहरुलाई उद्धारका कुनैकाम गर्न नसकिएको समाचार बाहिरिएको छ ! हिम्सामा परेका सयौं मानिसहरुलाई सहयोगको कार्य गर्न त खोजिएको छ, तर युद्ध नरोकिएका कारण गर्न नसकिएको खबर छ !सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसरअल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो, त्यहि आन्दोलनले यो युद्ध निम्त्याएको र हिम्साको रुप लिएको हो पनि भनिएको छ, अहिले त्यहाको मानविय अवस्था अत्यन्तै दयनिय छ र मानवले मानवलाई अत्यन्तै क्रुर रुपले नरसंहार गरिरहेको छ ! तर त्यहाँको संयुक्त राष्ट्रसंघले केहि समयका लागि मात्र भएपनि युद्ध बिरामको प्रस्ताव गरेको छ ! सुरुमा यो प्रस्तावमा रुस बिरोधि देखिएको थियो ! युद्ध बिरामको प्रस्ताव पारित भएपछि राष्ट्र संघका लागि अमेरिकी राजदुत निक्की हेलिले सिरियाको सरकारी सैन्यबल सो युद्ध बिरामको पक्षमा उभिनेमा शंका रहेको बताएकी छिन् ! उक्त प्रस्तावको पक्षमा रुसनरहेको अमेरिकाको आरोप थियो ! तर पनि प्रस्तावको पक्षमा भने रुसलेनै मतदान गरेका छन् !अमेरिकाले मतदानलाई ढिलो गराउनमा रुसलेनै बढी भूमिका खेलेको भन्दै रुसको आलोचना गरेको छ ! रुसी राजदुतले सुरक्षा परिषद्को प्रस्ताव हुन लागेको भनिएको युद्ध बिराम कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरेको एक समाचारले जनाएको, छ !