सुत्नु भन्दा अघि यी काम गरेमा हुन्छ खतरा |

0
221

काठमाडौं । स्वस्थ जीवन नै सम्पत्ति हो । स्वस्थ्य जीवन बिनाको अकुत सम्पत्तिले मानिसलाई आराम दिन सक्दैन । यसर्थ मानिस हरपल आफू कसरी स्वस्थ रहने भन्ने चिन्ता गर्छ । तर, आफ्नो जीवनशैलीमा भने परिवर्तन गर्न चाहदैँन वा सक्दैन । यस कारण आफ्नै जीवन शैलीका कारण विभिन्न रोग लाग्ने गर्छ । राति चाँडै सुत्नेदेखि बिहान चाँडै उठ्नेसम्म, खानपानदेखि व्यायामसम्म मानिसले ध्यान दिनु आवश्यक छ । आफूलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यी विषयको जिज्ञासाको खोजीका क्रममा यहाँ चर्चा गर्न खोजिएको विषय हो – सुत्नु अघि सामान्यतया के गर्न हुँदैन वा खान हुँदैन भन्ने हो ।

पहिलो नम्बरमा छ, धुमपान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने समस्या हुन सक्छ । यस्तै दोस्रोमा सुत्ने समयमा रक्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस्, यो आदत पनि खराव हो । यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

यसैगरी दोस्रो सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । चौथोमा गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

पाँचौंमा सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ । छैठौंमा सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ ।

सातौँमा विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ । र आठौंमा राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।osbreak .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here