सुनिल दिप्त राईको उत्कृष्ट शब्दमा मनिता राईको स्वर माया सीरूपाते खुकुरी ( भिडियो )

0
2603

साँढै ३ करोड नेपालीहरूको प्रतिनिधीत्व गर्दै सीरूपाते खुकुरी सार्बजानिक भएको छ। नेपाली लोक आनुनिक गीत सीरूपाते गायिका मनिता राईको नजर के जुधेको थियो गजलको अपार सफलता पछी सार्बजानिक भएको गीत हो। छोटो समयमै चर्चा कमाउन सफल गायिका मनिता राईको पहिलो एल्बम भित्र समावेश दोश्रो गीतको रूपमा रेकर्ड गीत हो सीरूपाते खुकुरी। नजर के जुधेको थियो गजलबाट गीत संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राई पहिलो गजल गीतबाट दर्शक श्रोताहरूको मन मुटूमा बस्न सफल भएकी हुन। पहिलो गजल गीतको चर्चा सेलाउन नपाँउदै सीरूपाते दर्शक श्रोता सामु पश्केकी छिन। गीतको मुल आशय गाँउबाट शहर पलायन,शहरबाट बिदेश पलायनको क्रममा लाखौ नेपालीहरु संसारकै हरेक कुनामा पुगेका छन ति सबै बाध्यता हो जस्को मनमा नेपाल र नेपाली प्रति अगाद माया बैकेर बस्नु भएको छ वहाहरू प्रति प्रतिनित्व गर्दै गायिकाले तयार पारेकी गीत हो सीरूपाते खुकुरी। एल्बमको तयारीमा रहेकी गायिका मनिता राईको यो गीत रेकर्ड पश्चात गीतहरू आउने क्रम सुरू भएको छ । आफ्नै एल्बम भित्रको गीतको काम धमाधम भईरहेको बेला अन्य ठाँउ बाट समेत अवश्वरको ढोका खुल्दै गएको छ। सीरूपाते खुकुरीको लाहा छ की छैन सुनिल दिप्त राईको शब्दमा तारा प्रकाश लिम्बुको संगीतमा शाहास शाक्यको संयोजन बनेको हो। आगामी गीतहरू सुनिल दिप्त राईको एकल शब्दमा (पर्दैन तारा खसाउनु, हरी लम्सालको संगीतमा र सानी तिम्रो गाउ घर साईपत्रीले ढाक्यो होल )बसन्त सापकोटाको संगीतमा केही दिनमा रेकर्ड हुने तयारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here