सुनुवार ग्रुप अप कम्पनीको पहिलो सुरुवाती दि हट प्लेट क्याफे रेस्टुरेन्टको उत्घाटन सुनुवार समुदायका चर्चित कलाकारहरुकाे बृहत् उपस्थितिमा भएकाे हाेटल उद्घाटनमा सुनुवार समुदायका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कलाकारहरु पुष्कर सुनुवार, पुजा सुनुवार, कल्पना सुनुवार,बबिता सुनुवार, तिलक सुनुवार र नवीन सुनुवारले मनाेरन्जन प्रदान गरेका छन। उद्घाटनमा उपस्थित सबैले काेईच क्याफेमा भएका परिकारकाे स्वादहरुकाे टेष्ट गरेका छन्।सुनुवार ग्रुप कम्पनिले शुरु गरेकाे क्याफेकाे संचालक समितिमा लामाे समय वैदेशिक राेजगारमा अनुभव संगालेका गीतकार तथा साहित्यकार भानु सुनुवारले नेतृत्व लिएका छन् ।