सुन तस्करीमा युवतीहरु पनि संलग्न ४० लाख ठग्ने युवतीसहित १० पक्राउ |

0
573

काठमाडौंमा केही समययता तस्करीको सुन सस्तोमा दिने भनेर ठगी पनि बढ्न थालेको छ।
सस्तोमा सुन बेच्ने भन्दै नक्कली सुन दिएर ठगी गर्ने धेरै गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। त्यसमध्ये एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले समीर लामा नेतृत्वको गिरोहका १० जनालाई पक्राउ गरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ।

उनीहरूले न्युरोडकी अञ्जु शर्मालाई ४० लाख रुपैयाँ ठगी गरेका हुन् । उनीहरूले केरुङबाट तस्करी भएको आएको सुन सस्तोमा बेच्ने भन्दै झुक्याएर नक्कली सुन बेचेका हुन् ।

सिआइबीले लामासहित रोहित मगर भनिने पूर्णबहादुर पुलामी, पवन विक, मनीष ढुंगाना, सन्तोषकुमार लामा, मनोज लामा, सरिता शेर्पा भन्ने संगीता राई, सुरेश राई र सागर राईलाई पक्राउ गरेको छ । गिरोहमा आबद्ध डिएसपी उपनाम भएका व्यक्ति फरार छन् ।

उनले आफू सिआइडीको डिएसपी भन्दै सो ठगीमा भूमिका खेलेको प्रहरीले जनाएको छ। समूहका सबैजसो आपराधिक पृष्ठभूमिका भएको र सबैले उपनाम राख्दै आएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here