सुमधुर आवाजकी धनि गायिका सम्झना भण्डारी र सर्जक खेम सेन्चुरीको लोक गीत ‘कपलु कोरेर’ बजारमा

0
98

 बहुप्रतिभाशाली लोकसर्जक खेम सेन्चुरीको लोक गीत ‘कपलु कोरेर’ बजारमा आएको छ । सेन्चुरी र सुमधुर आवाजकी धनि गायिका सम्झना भण्डारीको आवाजमा  रहेको गीतमा शब्द र संगीत स्वयम् सेन्चुरीकै रहेको उक्त गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर गन्धर्वको हो । भर्खरै बिहे गरेका नवजोडी आर्थिक अवस्था कमजोर भएका कारण छुट्टिनुपरेको अवस्थालाई मुख्य कथा बनाएर यस गीतमा दर्शाईएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढा बुवा बिरामी आमा र जीवनसाथी आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार बिनोद भण्डारी र जुना गुरुङले वास्तविक अभिनय मार्फत उतारेका छन् ।

हरेक नेपालीको वास्तविकतालाई बोलेको छ । शब्द, संगीत, आवाज अनि अभिनय सबै उत्तिकै शशक्त रहेको गीतलाई छोटो समयमानै अत्यधिक रुचाईएको छ । बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतको कथा र निर्देशन कलाकार स्वयम् बिनोद भण्डारीले गरेका हुन् । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here