सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निर्वाचनको लागि नेपाली सेनाले चाल्यो

0
1318

काठमाडौँ -सुरक्षा परिषद्ले आगामी निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि नेपाली सेनाले ६४ हजार २० सैनिक परिचालन परिचालन गरिने भएको छ ।सेनाले मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ ।

त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ । स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा अहिलेदेखि नै पेट्रोलिङ थालेको बताइएको छ ।

निर्वाचनको अन्तिम घेरामा रहने सेनाले सुरक्षा स्थितिलाई मध्यनजर गर्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखिसकेको छ । यसैबीच सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक समेत बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here