सुरु भयो धुलिखेलमा काभ्रे महोत्सव !

0
1411

फागुन २३ काठमाण्डौ ! दिगो बिकास ,सुशासन र आगमनको आधार ,आर्थिक सम्वृद्धिको बहार मूल नारा सहित आज बाट काभ्रे महोत्सव सुरु भएको छ ! काभ्रे जिल्लाको  ईतिहांस ,शिक्षा स्वास्थ्य पूर्वाधार ,कला संस्कृति चित्रकाला तथा प्रदर्शनी तथा पर्यटकीय नगरको पहिचान बनाएको धुलिखेल नगरपालिकामा  आज बुधबारबाट काभ्रे महोत्सवसुरु भएको छ  ! फागुन २३ गतेबाट चैत्र ३ गते सम्म चल्ने महोत्सवमा विभिन्न उत्पादनहरुको प्रदर्शनीका साथै  सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ ! महोत्सव धुलिखेल उद्योग बाणिज्य संघको धुलिखेल रंगशालामा हुने महोत्सवमा स्थानिय तहमा रहेका आर्थिक बिकाशका सम्भाव्यता र चुनौती पहिचान गरी त्यसका  आधारमा बिकासका खाका कोर्नाकालागी कोसे ढुंगा सावित हुने आयोजक संस्था धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मंजु कुमार कोजुले जानकारी दिए ! कोजुले महोत्सवको प्रदर्शनीमा कृषि पर्यटन प्रदर्शन हस्तकला औद्योगिक उत्पादन ,सुचना प्रबिधि सिक्षा ,स्वास्थ्य निर्माण सामाग्री ,भवन निर्माण प्रबिधि ,आदि सेवा मुलक वस्तु रहने करिब १५० प्रदर्सनी कक्ष  रहने बताए !महोत्सवका अवसरमा काभ्रे पलाञ्चोक जिल्ला लगायत ,प्रदेश नम्बर ३ तथा राष्ट्रिय बहुराष्ट्रिय उद्योग ब्यबसायिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ! महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम हुने र मेला अवधि भर २ दर्जन बढी राष्ट्रिय तथा स्थानिय  कलाकारले सांस्कृतिक कार्यक्रममा प्रस्तुति दर्शकहरुलाई मनोरंजन प्रदान गर्ने महोत्सव सांस्कृतिक संयोजक तथा गायक हरी कर्माचार्यले जानकारी दिनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here