सुरेश सम्पाङ राई’को गीत (हाम्रो चोखो माया पिरती)मा तीलक बश्याल र राधा महर्जन’को दमदार अभिनय : हेरौं भिडियो |

0
1147

असोज १५ काठमाण्डौ | ड्युटी बाट बचेको समय गीत संगीतमा खर्चिदै, सुरेश साम्पाङ राई, भोजपुर जिल्लामा जन्मनुभै हाल UAE को अबुधाबी रोजगारिको सिलसिलामा कार्यरत हुनुहुन्छ ,सानै बाट गीत संगीत प्रती रुचि राख्दै आउनु भएको सुरेश सम्पाङ राई ज्युले पहिलो एल्बमको पहिलो म्युजिक भिडियो बजारमा ल्याउन सफल हुनु भएको छ |

(हाम्रो चोखो माया पिरती) नाम गरिएको गीतको भिडियो अहिले यूट्युब देखि फेसबुक”को भित्ता भित्तामा भाइरल बन्दै गई रहेको छ ,जुन गीतलाई पुष्कर दाहालको निर्देशनमा तयार पारिएको हो भने ,जनकराज अधिकारी बाट खिचिएको हो , यस गितमा तीलक बस्याल र राधा महर्जनलाई देख्न पाइन्छ,|

त्यसै गरी सुरज मगर र नवीन तिवारी लाई पनि देख्न सकिन्छ, मोडल तिलक बस्यालले भन्नू हुन्छ गायक सुरेश साम्पाङ राइको ज्युको गीतमा काम गर्न पाउँदा अतिनै खुसी छु, काम पनि समग्रमा राम्रो गर्ने कोसिस गरेको छु, हुनत मैले गायक कमल खत्रीको गीतमा पनि काम गरेको थिए मैले एक पछि अर्को काममा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको छु,|

यो काममा अतिनै खुसी छु , जुन खुसिको श्रेय गायक/ संगीतकार कबिन गुरुङ्ग ज्यू लाई जाने छ, आउने दिन हरुमा पनि एस्तै राम्रो काम गर्न पाए सबै दर्शक श्रोताको मन जित्ने थिए | यश भिडियो P&K intertandman ले आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here