जेष्ठ २ काठमाण्डौ। नेपालको प्रमुख पर्यटकीयस्थल राजधानी ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको यों जुलाई , 16, 2018 माँ एक बर्ष पुरा भएर दोस्रो बर्षमा प्रबेश हुँदैछ।
ठमेलको मनोरञ्जन क्षेत्रलाई थप ब्यवस्थित बनाई नेपालीहरुमा बढ्दै गएको परिकारको मोहलाई ध्यानमा राख्दै हरेक दिन नयाँ नयाँ म्युजिकल ब्याण्डको प्रस्तुती र वास्तविक पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जनका साथै स्वादिलो खाना सुविधाका लागि रेष्टुराँले सेवा दिने बताउनु भयों।
ओजि लाउन्ज रेस्टुरेन्टका का संचालक दिनेश श्रेष्ठले ठमेल पर्यटकीय ब्यबस्थापकीय पक्षमा ध्यान दिन सबैलाई आग्रह गर्नुको साथै देशविदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तब्य नै ठमेल क्षेत्र भएकोले ठमेंल पर्यटकीय क्षेत्र हिसावले आफ़ैमा महत्वपुर्ण रहनूको साथै आर्थिक उपार्जनका तथा स्वदेशमै रोजगारका लागि पनि ठमेललाई परिचालित गर्न सकिने र ठमेललाईं पर्यटन र मनोरञ्जनको क्षेत्रमा सुधार ल्याउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी ठमेलको मनोरञ्जन क्षेत्रलाई थप ब्यवस्थित बनाई स्वच्छ मनोरञ्जन र नेपालीहरुमा आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्धन गरी युवा वर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गर्दै सुविधासहितको रेष्टुराँ तथा डिस्को सञ्चालनमा आएकोमा आफू खुशी भएको बताए ।
त्यसै गरी ७० देखी १०० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यम वर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको उक्त रेस्टुराँमा बताइएको छ । उक्त रेस्टुराँको संचालकमा आवद्ध रहेका मुख्य संचालक,दिनेश श्रेष्ठ, जित लामा तामाङ ,राम थापा , निर्मल कुल्लु ,सुमन लामा ,ईन्द्र बहादुर ढकाल ,कृष्ण पौडेल , रहेका छन् ।