स्वस्तिमा खडका”को लाइसेन्स प्रहरीले लागे पछि: स्वस्तिमातनाबमा भिडियो हेरौं |

0
810

पुष १ काठमाण्डौ | टेम्पो ड्राईभरको भुमिकामा प्रस्तुत भएको सिनेमा ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ। ४५ दिनअघि सडकमा कलाकार नचाएर गीत सार्वजनिक गरेको ‘बुलबुल’को टिजर पनि फरक शैलीको देखिन्छ।

चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालक युवतीजस्तै देखिएकी छन्। यात्रुले टेम्पबाट टाउको बाहिर निकालेपछि ट्रफिकले स्वस्तिमाको लाइसेन्स लगिदिएको परिस्थितिमा यात्रु र ड्राइभरबीचको संवादलाई टिजरका देखाइएको छ।

छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल र स्वभाविक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएका छन्। यस अघि हेर्दै आईएको अन्य चलचित्रका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्ने भन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजेको देखिन्छ।

आगामी फागुन ३ गते भ्यालेन्टाइनको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको ‘खुद्राखाद्री मायाले’ बोलको गीत पनि दर्शकहरुले रुचाएका छन्। सिनेमाका निर्देशक विनोद पोडेलले बुलबुल सिनेमामार्फत स्वस्तिमा खड्काको अभिनयमा नयाँ अवतार देखिने र चलचित्र उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गर्दै आएका छन्।

सिनेमाका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने र सिनेमामा रहेको अर्को गीत पनि छिटै सार्वजनिक गरिने बताए। बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेका छन्।

सिनेमामा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ। सिनेमाको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ।

हेरौँ भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here