हट मोडेल सबनम चौधरीको दमदार अभिनयमा (पागल जस्तै) गीतको भिडियो सार्वजनिक |

0
2021

कार्तिक ४ काठमाण्डौ | हट मोडेल / संचारकर्मी सबनम चौधरीको अर्को गीत (पागल जस्तै) गीतको भिडियो सार्वजनिक भएको छ | बिगत केहि समय देखि नेपालि गीत सांगीतिक क्षेत्र तथा संचार क्षेत्रमा कार्य गर्दै आएकी हट मोडेल सबनम चौधरी ग्ल्यामर क्षेत्रमा नौलो नाम भने होइन |

| एकदर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय मार्फत दर्शक स्रोताको मन जिती सकेकी सबनम पछिल्लो समय देखि ( The next world media ) मा पनि संचारकर्मी’को रुपमा पनि आवद्ध छिन् | साथै यहि क्रममा गायक श्री निवास चौधरीको आवाजमा सजिएको( पागल जस्तै)गीतमा मोडेल सबनम’को दमदार अभिनय रहेको छ | सोहि गीतमा उनलाई अभिनयमा मोडेल बिमल’ले साथ दिएका छन् भने, उक्त गीतमा रचना लक्ष्मी शर्मा न्यौपाने, संगीत बिकाश चौधरी ‘को रहेको छ | त्यसै गरी गीतको भिडियोमा अनिल बहादुरको निर्देशन,छायांकन ,सम्पादन रहेको छ उक्त गीतको भिडियोलाई षडज प्रोडक्सन’ले बजारमा ल्याएको छ | | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here