हल्ला र प्रचार बाजिले राजधानी सर्नेवाला छैन: अध्यक्ष प्रचण्ड ।

0
1350

चैत ७ काठमाण्डौ ! सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताएका छन् ! सिराहामा भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी मार्गको शिलान्यास गरेपछि प्रचण्ड व्यवसायी अजयेराज सुमार्गीले व्यवस्था गरेको हेलिकोप्टर चढेर मंगलबार हेटौंडा आएका थिए ।
बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारले निर्णय गरेअनुसारनै औपचारीक कार्यक्रम भैरहेकाले यहाँबाट राजधानी नसर्ने बताए । उनले भने, ‘प्रकृया अगाडि बढिसकेको र कामहरु औपचारीक रुपले सुरु भएकाले बाहिर भएको हल्ला र प्रचारबाजीले राजधानी सर्ने कुरा छैन ।’
सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले राजधानी सार्ने कुरा अब धेरै गर्न नहुने र जिम्मेवार पदमा रहेकाले बोल्दै हिँड्न नहुने उनले बताए । ‘हुन त कसैले बोल्दैमा राजधानी सर्नेपनि होइन तैपनि जनतालाई भ्रममा राख्दै प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’
राजनीति सहज ढंगले अघि बढ्छ’
प्रदेश सरकारमा रहदै आएको संकटलाई निराकरण गर्न सरकार अब प्रदेशका लागि आवश्यक कानुन र नीति निर्माणमा अघि बढ्ने उनले जानकारी दिए । प्रदेश सरकारलाई चलायमान बनाउनका लागि आवश्यक कानुन निर्माणसँगै सुशासन, स्थायीत्व, बिकास र समृद्धिको दिशामा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
राष्ट्रिय मुद्दामा समझदारीका साथ अघि बढ्ने प्रयत्न गरिरहेको बताउँदै प्रचण्डले सरकारलाई मधेस केन्दि्रत दुबै दलले विश्वासको मत दिएकाले राजनीति सहज ढंगबाट अघि बढ्ने र देशमा बिकासले गति लिने प्रचण्डले बताए ।स्रोत (अनलाइन खबर बाट )
अब चाँडै जनताले दिएको म्याण्डेडअनुसार एमाले र माओवादीबीच पार्टी एकता गर्ने बेला आएको उनले बताए । पार्टी एकताका लागि बनेको अन्तरीम राजनीतिक प्रतिवेदन, अन्तरीम बिधान र संगठनको सेटिङबारे बनेका दुईवटा कार्यदलले काम सकिसकेकाले कार्यदलले प्रतिवेदन दिएपछि पार्टी एकताको प्रकृया शुरु हुने प्रचण्डले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here